आजको मौसम : तराईमा हुस्सु, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना | Khabarhub Khabarhub

आजको मौसम : तराईमा हुस्सु, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिलेको मौसममा न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ।

दिउँसो प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि अनुमान महाशाखाले गरेको छ।

राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

बुधबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ भने बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ।

महाशाखाका अनुसार तराईमा हुस्सु र हिमालमा हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ६ : ३१ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग