ट्वीटर प्रमुखबाट राजीनामा दिन मस्कलाई सुझाव « Khabarhub

ट्वीटर प्रमुखबाट राजीनामा दिन मस्कलाई सुझाव


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – ट्विटर इंकका प्रयोगकर्ताले इलोन मस्कलाई सामाजिक प्लेटफर्मको प्रमुखको रूपमा आफ्नो भूमिकाबाट राजीनामा दिन मत दिएका छन्। मस्कलाई ट्वीटरको प्रमुख कार्यकारीबाट राजीनामा दिनुपर्ने पक्षमा प्रयोगकर्ताले मतदान गरेका हुन्।

यसअघि मस्कले ट्वीटर प्रयोगकर्तालाई सीईओको पद छोड्ने वा नछोड्ने विषयमा निर्णय गर्न आग्रह गर्दै एक सर्वेक्षण गरेका थिए। उनले नतिजा पालना गर्ने वाचासमेत गरेका थिए।

कुनै स्पष्ट उत्तराधिकारी नभए पनि १ करोड ७५ लाख मतमध्ये करिब ५८ प्रतिशत मस्कले नेतृत्वको भूमिकाबाट पछि हट्नु पर्ने पक्षमा थिए।

यदि मस्कले नतिजा पालन गर्ने हो भने ट्वीटरमा उनको नेतृत्वका अराजक गतिविधि अन्त्य हुनेछन्। झन्डै दुई महिना लामो अवधिमा उनले शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्ने, करिब आधा कर्मचारीहरू र विज्ञापनदाताहरूलाई हटाएका छन्।

मस्कले ब्लु टिक प्रमाणिकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन्।

ट्विटरको सीईओको रूपमा लामो समयसम्म काम गर्न नचाहेको मस्कले बताएका थिए। उनले हालै आफ्नो अन्य कामहरूलाई बेवास्ता गरेकोमा विशेष गरी टेस्लाका प्रमुख शेयरधारकहरूले आलोचनाको सामना गर्नु परेको छ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : ३५ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ