चाया पर्ने समस्याबाट कसरी छुटकारा पाउने ? « Khabarhub

चाया पर्ने समस्याबाट कसरी छुटकारा पाउने ?


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : चायाले नसताइएका मानिस बिरलै होलान् । चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो र सजिलै छुटकारा नपाइने चर्म रोग हो । चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ ।

चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन । तर, चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछ । जसले जे सल्लाह दियो त्यही मानेर थरिथरिका स्याम्पु र घरेलु उपचार गरिरहेकै हुन्छ ।

तर, चाया पनि एक किसिमको रोग भएकाले चिकित्सकको सल्लाह लिएर उपचार गर्नु फाइदाजनक हुन सक्छ । हाम्रो टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ ।

यसरी टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम चलिरहँदा टाउकोमा सेता, मसिना, फुस्रा दागहरू, धुलो देखिन थाल्छन् । यसैलाई हामी चाया भन्छौँ । गर्मी मौसमको तुलनामा जाडोमा चायाको समस्या बढी हुन्छ ।

चाया पर्ने कारण
कपालमा तेल धेरै हुँदा पनि चाया पर्छ । फंगसको कारण, हर्मोनमा हुने परिवर्तन, वंशाणुगत कारण, लामो समयसम्म ननुहाउनुले पनि चाया पर्छ ।

यस्तै घाममा धेरै बस्दा, टाउकोमा धेरै पसिना आउने भएमा, टाउकोलाई गुम्स्याएर राख्दा, चाया परेको व्यक्तिको कपाल कोर्ने ब्रस तथा काईंयो प्रयोग गर्दा पनि चाया पर्छ । अरुले प्रयोग गरेको टावेल प्रयोग गर्दा पनि चाया पर्छ ।

कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा पनि चाया पर्छ । चिसो मौसम, लामो समयदेखिको तनाव, थकान र चिन्ताले पनि चाया पर्ने हुन्छ ।

कस्तो अवस्थामा डाक्टरलाई देखाउने ?
चायाका कारण टाउकोमा घाउ बन्ने समस्या हुन्छ । यस्तै धेरै चिलाउँदा पनि समस्या हुन्छ । टाउकोमा केही भागको छाला खुइलिन थाल्दा पनि तुरुन्तै डाक्टरलाई देखाउनु पर्छ ।
कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ । यसरी जाँच गराउँदा त्यसको अवस्था, गहिरो प्रभाव तथा कुन किसीमको उपचार गर्ने भनेर सहज हुन्छ । अन्यथा धेरै सकस हुन्छ ।

बच्ने उपाय के के हुन् ?
– टाउको कम्तिमा हप्तामा तीन पटक नुहाउने ।

– नुहाउनुभन्दा पहिला तेल लगाउने ।

– धेरै घाममा खाली टाउको नबस्ने ।

– सुख्खा हुन नदिन नुहाएपछि नरिवलको तेल वा सेरम लगाउने ।

– धेरै चाया परेको छ भने दिनदिनै नुहाउने ।

– राम्रो खालको स्याम्पुको प्रयोग गर्ने, धेरै स्याम्पु परिवर्तन नगर्ने ।

सेल्सन, किटेकोनाजोल स्याम्पुको प्रयोग गर्ने ।

(शिक्षण अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा. रीता श्रेष्ठसँग विना न्यौपाने गरेकाे कुराकानीमा आधारित)

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : ५४ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी