विश्वकप फाइनलमा ह्याट्रिक नायकको संघर्ष कथा | Khabarhub Khabarhub

एमबाप्पेको प्रोफाइल

विश्वकप फाइनलमा ह्याट्रिक नायकको संघर्ष कथा

‘जसले मोनाकोबाट पीएसजी हुँदै विश्वकप मैदानमा देखाएको क्षमता अद्भुत छ’


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसारमा किलियन एम्बाप्पेको गोडाको विशेष महत्त्व छ । २३ वर्षीय उनको यात्रामा कोरिएका सफलताका पानाहरू विशेष मात्र होइन पठनीय र उदाहरणीय पनि छ । यसबीचमा विश्वकप फूटबलमा पेलेको कीर्तिमान बराबर गोल गर्ने खेलाडी हुनु उनको विशेषता मात्रै होइन, अब्ललता पनि हो ।

यी दुवैले विश्वकपमा १२ गोल गरेका छन् । एमबाप्पेले १२ खेलबाट १२ गोल गरेका छन् । त्यो पनि फाइनलमा ह्याट्रिक । एमबाप्पे कतार विश्वकपमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी हुन् । समग्र विश्वकपमा धेरै गोल गर्ने उनी पाँचौ खेलाडी हुन् ।

सर्वाधिक १६ गोलसहित जर्मनीका मिरोस्लाभ क्लोज पहिलो छन् । दोस्रो स्थानमा ब्राजिलका रोनाल्डो, तेस्रो स्थानमा जर्मनीका गर्ड म्युलर तथा चौथो स्थानमा कतार विश्वकप विजेता लियोनल मेस्सी छन् । उनका साथै जस्ट फाउन्टेनले सन् १९५८ को एउटै विश्वकपमा १३ गोल गरेर चौथो स्थानमा छन् ।

पाँचौ स्थानमा ब्राजिलका पेले र फ्रान्सका एमबाप्पे छन् । पेलेको कीर्तिमान बराबर गरेकोमा पनि यतिबेला एमबाप्पेलाई विशेष खेलाडीका रुपमा हेरिन्छ ।

एमबाप्पेको बाल्यकाल संघर्ष

पेरिसको उत्तरमा रहेको एउटा सानो सहरमा एमबाप्पेको जन्म भएको थियो । उनका बाबु त्यहाँका सक्रिय फुटबल अभियन्ता थिए । धेरै साना क्लबमा प्रशिक्षण दिँदै हिँडेका उनले तल्लो तहमा फुटबलको विकास गर्ने अभियान नै चलाएका थिए । क्रिस्टियानो रोनाल्डोलाई आदर्श ठान्ने उनलाई सानो उमेरमा नै स्टारको रूपमा व्याख्या गर्न थालिएको थियो ।

आफू जन्मेको घर र किलियनले फुटबल खेल्ने स्थानको बिचमा एउटा गल्ली थियो । त्यहीबाट फुटबल सिकेका उनले बाबुसँग यसरी बिताएकी गाउँको सामान्य प्रतियोगिता हेर्न जाने तथा नियमित फुटबलका गतिविधिमा संलग्न हुने काम उनका लागि पनि बाल्यकालमै सामान्य विषय बनेका थिए ।

सानोमा नै उनको जिन्दगी फुटबलमय थियो । घरको भित्तामा क्रिष्टियानो रोनाल्डोका तस्बिर सजिन थालेको थियो । त्यो बोन्डीका गाउँमा बाल्यकालमै एम्बाप्पेको अद्वितीय क्षमताको बारे चर्चा हुन थालेका थिए ।

केही व्यक्ति जम्मा भयो की फुटबलको गफ चुट्न भ्याउने ती किशोरी लीयोनमा हुने लिग वानको खेलमा पुगेका थिए । त्यहाँ पुगेर लिग वान हेर्न सुरु गर्नु उनको जीवनको अन्तिम परिवर्तित घटनाको रूपमा परिचित बनेको थियो ।

बाल्यकालमै एम्बाप्पेप्रति धेरैको चासो बढेन सुरु भएको थियो । एम्बाप्पेको जीवनमा एउटा घटना अचानक देखियो जहाँबाट उनलाई फुटबलमा सर्वत्र चिनाउने एउटा बाटो तय गरेको थियो । बाबुसँगै हिँडेर लीग वानसम्मको यात्रा तय गरेका उनलाई केही वर्षसम्म फ्रान्समा नै बिताउन मन थियो ।

संसारका ठुला क्लबमा उनको चासो र चर्चा बढ्दै गएको थियो । संसारकै शीर्ष खेलाडीको सङ्गत गर्ने सोचले यी बाबु छोराले चेल्सीको स्वागतलाई स्वीकार गरेका थिए । ११ वर्षको उमेरमा चेल्सी एकेडेमी तथा त्यसको एक वर्ष पछि रियल म्याड्रिडको एकेडेमीमा उनीहरू पुगे । दुवै एकेडेमीले उनलाई साथमा राख्न प्रयास गरी रहेका थिए ।

एम्बाप्पेका बाबुका लागि भने अझै छोराको परीक्षण गर्नु थियो, जुन एकेडेमीमा लगेर सिकायो त्यहाँ उनी अब्बल ठहरिँदै गए । सबै क्लबका एकेडेमीमा औपचारिक क्लासमा बस्न भने १३ उमेर राखिएका थिए । यस कारण उनी केही वर्ष फ्रान्सको स्थानीय टोली र क्लबमै रमाएका थिए । मोनाकोमा पुगेका यी बाबु छोराको प्रयासले केही वर्षमा नै सार्थकता पाउन थालेको थियो ।

१५ वर्षको उमेरमा एम्बाप्पे होनहार बन्दै छाउन थालेका थिए । मोनाकोको युवा टोलीमा रहँदा नै उनले अनगिन्ती सपना देख्न थालेका थिए । च्याम्पियन्स लिग खेल्ने र रोनाल्डोकै बाटोमा जाने उनको योजना थियो ।

बाबुले क्लबमा बारम्बार आफ्नो छोरा योग्य भएकाले अवसर पाइ हाल्नु पर्ने कुराको आवाज उठाउन थाले । डिसेम्बर २०१५ मा मोनाकोको सिनीयर टिमबाट एमबाप्पे मैदानमा उत्रन सफल भए । १६ वर्ष ३४७ दिनमा मैदानमा उत्रे पछि थिएरी हेन्रीपछि सबै भन्दा कम उमेरमा खेल्न पाउने मोनाकोका खेलाडीको रूपमा कीर्तिमान राख्न सफल भएका थिए ।

फेब्रुअरी २०१६ मा १७ वर्ष ६२ दिनको उमेरमा उनले ट्राउसको विरुद्धमा गोल गर्दै हेन्रीको कीर्तिमानलाई भङ्ग गरे । त्यसपछि उनको यात्रा जबरजस्ती र कसैले रोक्न नसक्ने किसिमको थियो ।

फ्रान्स टोलीमा डेब्यु र कीर्तिमान

२५ मार्च २०१७ का दिन उनले फ्रान्सेली जर्सी स्पेनको विरुद्धमा मैदानमा उत्रने मौका पाएका थिए । त्यस वर्ष उनी १८ वर्ष ९५ दिनका थिए । लगत्तै अर्को खेलमा उनले गोल पनि गरे । सानो रहँदा नै संसारका ठुला क्लबले उनीसँग सम्झौता गर्ने प्रयासलाई निरन्तरता दिई नै रहेका थिए ।

यसरी प्रयास गर्नेमा रियल म्याड्रिड अगाडी थियो । जिनेदिन जीदान र रोनाल्डोमार्फत धेरै पटक वार्ता पनि भएको थियो । एक सिजनको लोनसहित एम्बाप्पेले पेरिस सेन्ट जर्मन रोजे । उनको यो रोजाइ अगस्ट २०१७ को हो । उनको आगमनसँगै पीएसजीले पाँचमध्येका चार लिग वान उपाधि जितेको छ ।

उनले फ्रान्सका लागि ३६ गोल गरी सकेका छन् । फ्रान्सका लागि सबै भन्दा धेरै अन्तर्राष्ट्रिय गोलको कीर्तिमान राख्ने जिरउडको भन्दा गोल सङ्ख्या १७ कम हो । विश्वकप उपाधि रक्षा गर्ने ठुलो योजना कतारमा असफल भएपनि उनले गोल्डेन बुट भने पाएका छन् । त्यो पनि फाइनलमा ह्याट्रिकसहित ।

विश्वकपमा एउटा अनौठो कथा लेखिएको छ । फाइनलमा ह्याट्रिक गर्नुका बाबजुद आफ्नो देशलाई उपाधि दिलाउन नसक्ने दुर्भाग्यशाली खेलाडीको कोटीमा उनी पुगेका छन् । कतारको लुसायल रङ्गशालामा लियोनल मेस्सीका लागि स्वर्णिम दिन बनेको समयमा एमबाप्पे भने राष्ट्रपति एमानुएल म्याक्रोनको सहानुभूतिसँगै मैदान छाड्न पुगेका थिए ।

पोडियममा पुगेर गोल्डने बुट लिँदा हँसिलो अनुहारको साटो निन्याउरो अनुहार लाएर उनी उभिएका थिए । फाइनलमा भने उनको टोली केही समय पक्कै चुकेको हो । खेलको पहिले हाफमा सिङ्गो टोली अर्जेन्टिनाको सामु निरीह साबित भएको थियो । पहिलो हाफमा ११ पटक बल छोएका उनले ७१ औ मिनेटमा बल प्रहारको अवसर पाएका थिए ।

त्यो प्रहार पनि गोल पोस्टको माथिबाट बाहिर गएको थियो । निकोलास ओटामेन्डीले रान्डल कोचलो माउनोउलाई लडाए पछि प्राप्त पेनाल्टीलाई सफलता पूर्वक उपयोग गर्दै गर्दै फ्रान्सलाई खेलमा फर्काएका उनले ९७ सेकेन्डपछि अर्को गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ लगेका थिए । उनको दोस्रो गोल साँच्चै स्तरीय थियो ।

तेस्रो पेनाल्टीलाई सही उपयोग गर्दै उनले कतारको फुटबल मैदानमा ओर्लिएका दर्शक मात्र होइन, संसार भरी टेलिभिजन हेरेर बस्ने दर्शका लागि एउटा रोमाञ्चक रात बनाइ दिएका थिए । सन् १९६६ मा इंग्ल्यान्डका जर्ज हस्टपछि विश्वकप फाइनलमा ह्याट्रिक गर्ने खेलाडीको रूपमा कीर्तिमान आफ्नो नाममा लेखाए ।

२३ वर्षीय उनका सामु जिन्दगीका धेरै अद्भुत दिन पक्कै प्रतीक्षा गरेर बसेका छन् । यसका बाबजुद पोडियममा न्याउरो अनुहारसहित गोल्डेन बुट लिनु पर्ने अवस्था साँच्चै एउटा दुखद कहानी पनि हो ।

संसारका फुटबल पारखीले एउटै कुरा बुझ्न थालेका छन्, कतार विश्वकप फाइनल खेलमा पराजित भए पनि एम्बाप्पे विश्व फुटबलमा नयाँ नायक बनेर उदाएका छन् ।

(श्रोत : बीबीसी र युरो स्पोर्ट्स)

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : ०१ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही