चीनमा कोभिडबाट अझै १० लाखको मृत्यु हुने अध्ययनको निष्कर्ष | Khabarhub Khabarhub

चीनमा कोभिडबाट अझै १० लाखको मृत्यु हुने अध्ययनको निष्कर्ष


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – शून्य-कोभिड नीतिबाट चीनको आकस्मिक र न्यून तयारीको बहिर्गमनले चीनमा कोभिडबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने हालै गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ ।

देश ठूला सहरहरुदेखि विशाल ग्रामीण क्षेत्रमा फैलिएको संक्रमणको लहरका लागि तयारी भइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो ।

झण्डै तीन वर्षदेखि भाइरस फैलावटलाई सरकारले कडा लकडाउन, सामूहिक परीक्षण र सम्पर्क ट्रेसिङ जस्ता उपाय चाल्दै आएको छ । तर, प्रतिबन्धविरुद्ध देशभर व्यापक प्रदर्शनपछि सरकारले कोभिड प्रतिबन्ध खुकुलो बनाएको थियो । प्रतिबन्धका कारण दैनिक जनजीविन कष्टकर बनेको थियो ।

सरकारले प्रतिबन्ध खुकुलो बनाए पनि जोखिमविरुद्ध जुध्न यथेस्ट तयारी नभएको विज्ञहरूले चेतावनी दिएका छन् । वृद्धबृद्धाको खोप दर सशक्त पार्न, अस्पताल र गहन हेरचाह क्षमता बढाउन र एन्टिभाइरल औषधिहरू भण्डार गर्न देशको तयारी पर्याप्त नभएको उनीहरूले चेतावनी दिएका छन् ।

हङकङ विश्वविद्यालयका तीन जना प्राध्यापकहरूले अहिलेको अवस्थामा देशव्यापी प्रतिबन्ध खुकुलो बनाउदा प्रत्येक १० लाखमा ६८४ जनाको मृत्यु हुन सक्ने प्रक्षेपण गरेका छन् । चीनको एक अर्ब ४० करोड जनसंख्यालाई हेर्दा यो ९ लाख ६४ हजार चार सय मृत्यु हो ।

संक्रमण बृद्धिले देशभरि धेरै स्थानीय स्वास्थ्य प्रणालीलाई बोझ पर्ने अनुसन्धानमा जनाइएको छ । अध्ययन मेडर्सिभ प्रिप्रिन्ट सर्भरमा सार्वजनिक गरिएको छ ।–सीएनएन

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : ३८ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको