पर्यटन व्यवसाय प्रवर्द्धन गर्न फुड फेस्टिभल हुँदै « Khabarhub

पर्यटन व्यवसाय प्रवर्द्धन गर्न फुड फेस्टिभल हुँदै


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बुटवल– खस्कँदै गएको पर्यटन व्यवसाय माथि उकास्ने लक्ष्यसहित बुटवलमा फुड फेस्टिभल (सडक खाना महोत्सव) हुने भएको छ । होटल व्यवसायी संघ रूपन्देहीले यही पुस १५, १६ र १७ गते अंग्रेजी नयाँ वर्षको अवसर पारेर फेस्टिभल गर्न लागेको हो । पर्यटनको सम्भावनालाई पहिचान गरी लुम्बिनी प्रदेशमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन फुड फेस्टिभलको आयोजना गर्न लागिएको होटल व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।

फेस्टिभलमा विभिन्न जातीय परिकार प्रदर्शनीमा राखिनेछ । तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा करिब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । करिब एक सयवटा स्टल फुड फेस्टिभलमा रहने छन् । बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुने भएको हो ।  

फेस्टिभलको तयारीस्वरूप संघले सल्लाहकारसँग छलफल गरेको छ । छलफलमा सहभागी सबैले पर्यटन व्यवसाय उकास्न फुड फेस्टिभल महत्वपूर्ण माध्यम हुने भन्दै यसको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट क्रियाशील रहने बताएका छन् ।

संघका अध्यक्ष गौतमका अनुसार महोत्सवबारे आवश्यक तयारी र प्रकृया सुरु गरिएको छ । हरेक वर्षहरूमा गर्दै आएको सडक खाना महोत्सवलाई यसपटक अझै व्यवस्थित र उत्कृष्ट बनाउने योजना समेत तय भएको उनले बताए ।

खानाका परिकार, संस्कृति, स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमा सांस्कृतिक कार्यक्रम समेत गरिने संघका महासचिव माधवकुमार खनालले बताए ।

महोत्सव सम्पन्न गर्न २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । महोत्सवको आन्तरिक तयारी तीव्र पारिएको र १०१ सदस्यीय मूल आयोजक समिति र २३ वटा उपसमिति  निर्माण गरिएको  होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका कार्यालय प्रमुख टीकाराम ज्ञवालीले बताए ।

बैठकमा बरिष्ठ उपाध्यक्ष  बाबुराम गौतम, प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी, द्वितीय उपाध्यक्ष रोमाकान्त पाण्डेलगायतले बोल्दै पर्यटन क्षेत्र र होटल व्यवसाय एक अर्काका परिपूरक भएको बताएका थिए । तीन दिनको सो महोत्सवमा प्रवेश निःशुल्क ब्यवस्था गरिएको छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले २०७५ सालमा पहिलोपटक र २०७६ सालमा दोस्रोपटक बुटवलमा सडक खाना महोत्सव आयोजना गरेको थियो । 

स्थलको अभाव र कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव हुन सकेको थिएन । जसका कारण यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउनमा बाधा अडचन थपिएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण पाटोको रूपमा लिँदै आएको सडक खाना महोत्सव विगत २ वर्षदेखि सञ्चालन गर्न कोरोना नै वाधक बनेको बताएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : २९ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२