मनरासिस्वामा जनतासँग मेयर कार्यक्रम लागू  | Khabarhub Khabarhub

मनरासिस्वामा जनतासँग मेयर कार्यक्रम लागू 


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले जनताको समस्या बुझ्न जनतासँग मेयर कार्यक्रम लागू गरेको छ । नगरप्रमुख मोहन पाण्डेले नगरभित्रका जनताको दुःख बुझ्न र जनताले चाहे अनुसार विकासका कार्यक्रम गर्न जनतासँग मेयर कार्यक्रमको सुरुआत गरेको बताए ।

उनले  पालिकाको कार्यालयमा बसेर योजना बनाउँदा जनताको दुःख पीडाको जानकारी नभएको समस्या समाधान गर्न नसकेको र आवश्यक विकासको कामसमेत नभइरहेको गुनासो आउन थालेपछि नगरभित्रका प्रत्येक गाउँ टोलमा गएर जनताका समस्या बुझ्दै योजना बनाउन लागेको जानकारी दिए। 

नगरप्रमुख तथा जनप्रतिनिधिको टोलीले नगरवासीकै चाहनाअनुरूप काम गर्ने प्रतिबद्धता जनाउँदै गाउँमै गएर राय सुझाव संकलन गर्दै आएका छन् । गाउँमै योजना बनाउन थालेपछि मनरासिस्वा-४ का नरेश राउत, शिवजी सहनी, दुःखा मुखियालगायतका स्थानीयले आफ्नो टोलमा बाटो, नाला, किसानका लागि सिँचाइको व्यवस्थापन, शिक्षामा देखिएको कमी कमजोरी र स्वास्थ्यचौकीमा पर्याप्त औषधिको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

वडा नं ५  सुदीश सहनी, रामबाबु यादव र बेचन रायले  गाउँका लागि गाउँमै योजना बनाउँदा दिगो हुने बताए। दश वडा रहेको सो नगरपालिकाको जनसङ्ख्या करिब ५० हजारको हाराहारी  छ ।  नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जीनियर तथा अन्य आवश्यक जनशक्तिसहितको टोली पालिकाको गाउँ–टोलमा पुग्न थालेपछि सर्वसाधारणले साँच्चिकै गाउँ–टोलमै सिंहदरबार र आफ्नो स्थानीय सरकारको अनुभूति गर्न थालेको वडा नं ६ का बलिराम साह, बिर्जु साह र विष्णु सहनीले बताए।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ११ : ०७ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको