पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस « Khabarhub

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ।

डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो क्लिपबाट चुनावमा हार स्वीकार नगर्न आग्रह गरेको दृष्य पनि सार्वजनिक गरेको छ।

सन् २०२१ को जनवरीमा अमेरिकाको संसद् रहेको क्यापिटल हिल भवनमा ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए। राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जित र ट्रम्पको हारको विरोधमा भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित ५ जनाको मृत्यु भएको थियो।

अमेरिकी तल्लो सदनले गठन गरेको समितिले १८ महिना लगाएर क्यापिटल हिल आक्रमणको छानबिन गरेको हो।

समितिले ट्रम्पविरुद्ध भिड परिचालन गरेको, अमेरिकामाथि धोका र साजि गरेको, कानूनी कामकारबाहीमा बाधा पुर्‍याएको र गलत बयान दिएको आरोप लगाएको छ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ११ : ४२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको