सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउनु हुँदैन : महामन्त्री शर्मा « Khabarhub

सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउनु हुँदैन : महामन्त्री शर्मा


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका छन् । नेपाल टे«ड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले निर्वाचनमा जाँदा एउटा गठबन्धन बनाउने र चुनाव सकिएपछि सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका हुन् ।

सत्ताको आकांक्षा, आग्रह पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जाने कुरामा कांग्रेस, माओवादी र समाजवादीका अध्यक्षहरू गम्भीर हुनुपर्ने उनले बताए । उनले सबै दलले गठबन्धनको आवश्यकता र औचित्यलाई भुल्न नहुने धारणा राखे । 

कुनै समय बहुमत प्राप्त गरेको कांग्रेस अहिले ठूलो दल हुनुमा माओवादी र समाजवादीको साथ र समर्थनलाई भुल्न नहुने उनको भनाइ छ । उनले प्रधानमन्त्री आलोपालो हुने भएकाले गठबन्धनकै प्रक्रिया भित्रबाट जानुपर्ने र राष्ट्रपति तथा सभामुखको चयन हुँदै गर्दा आवश्यक राख्ने सहमति, सन्तुलन, परिपक्वताका आधारमा निष्कर्षमा पुग्नुपर्ने बताए । राष्ट्रपति व्यक्ति मात्रै नभइ प्रवृत्तिको रुपमा शीतल निवास प्रवेश गर्ने भएकाले राष्ट्रपति को बन्ने भन्ने विषयलाई कम प्राथमिकताको विषय बनाउन नहुने उनले बताए ।

त्यस्तै उनले सिद्धान्त र कामको बलमा ट्रेड युनियनलाई बलियो बनाएर लैजानुपर्ने धारणा राखे । 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  २ : २८ बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको