निर्वाचनमार्फत एमालेले आत्मविश्वास प्राप्त गरेको छ : ओली « Khabarhub

निर्वाचनमार्फत एमालेले आत्मविश्वास प्राप्त गरेको छ : ओली


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरूको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताएका छन् । उनले आफ्नो पार्टीले देशको लोकप्रिय पार्टीका रुपमा विजयी भएको र यसलाई उत्सवका रुपमा मनाएको पनि टिप्पणी गरे ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट निर्वाचित सांसदहरूको सम्मान एवं बधाईका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले नेपालको कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाएको र राष्ट्रिय मूलधारका रुपमा स्थापित गरेको धारणा राखे । 

हालै सम्पन्न निर्वाचनमा केही स्थानमा कमी कमजोरी पनि देखिएका बताउँदै आगामी दिनमा सुधार गरेर लोकतान्त्रिक प्रणालीको सुधारमा लागिपर्नुपर्नेमा उनले जोड दिए। अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजित नभएको र आगामी दिनमा सुखी नेपाली र समृद्ध नेपाल निर्माण निर्माणका लागि आत्मविश्वासका साथ अगाडि बढ्ने पनि बताए ।

नेपाली जनताले आफ्नो पार्टीलाई कूल सात प्रदेशमध्ये छ वटा प्रदेशमा १ नम्बरको पार्टी बनाएको भन्दै उनले प्रसन्नता व्यक्त गरे । निर्वाचनपछि पनि देश राजनीतिक अराजकतातर्फ गएको र आर्थिक हिसाबले सम्हाल्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनले एमालेका जनप्रतिनिधिले वास्तविक अर्थमा भूमिका खेल्न आग्रह गरे।

अध्यक्ष ओलीले नयाँ जनादेशपछि सहजरुपमा सरकार गठन हुनुपर्नेमा त्यस्तो अवस्था नदेखिएको तथा उत्पन्न भएको अलमलले देशको हित नगर्ने भन्दै त्यस्तो गतिविधिमा आफूहरू संलग्न नहुने बताए । लोकतन्त्रमा गलत मानसिकता स्थापित हुन थालेकामा चिन्ता व्यक्त गर्दै उनले मर्यादित र अनुशासित प्रणालीको विकास हुनुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रमा समस्या खडा भएको, बेरोजगारी बढेको, बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह गर्ने अवस्था नभएको आरोप लगाउँदै त्यसप्रति आफूहरु चिन्तित रहेको उल्लेख गरे  ।  

कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउने जिल्ला अध्यक्षलाई अध्यक्ष ओलीले सम्मान गरेका थिए । यस्तै निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएका अध्यक्ष ओलीलाई पनि ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य विजयलाल श्रेष्ठले सम्मान गरेका थिए । 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ४ : १४ बजे

एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक खर्ब बराबरको निक्षेप संकलनका लागि बोलकबोल

दशरथ रंगशालाको मैदानमा घाँस काट्न सुरु

काठमाडौं– लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए