दलित बस्तीमा न्यानो कपडा वितरण   « Khabarhub

दलित बस्तीमा न्यानो कपडा वितरण  


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– गरिवीका कारण कमाइका लागि वर्षेनी भारत गएर जिन्दगीको गुजारा चलाउने जाजरकोट भेरी नगरपालिका-११ का कट्टी गाउँका दलित समुदायलाई राहत वितरण गरिएको छ ।

दलीत समुदायलाई चिसोबाट जोगाउनका लागि कपडा वितरण गरिएको सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय कार्यकारिणी सदस्य प्रतिमा हमालले जानकारी दिइन् । यहाँका १४० घर परिवारलाई उक्त राहत स्वरुप कपडा वितरण गरिएको उनले बताइन् ।

उक्त कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालको सहभागिता रहेको थियो । राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको समेत सहभागिता थियो । पहिलो पटक जाजरकोटको दलित बस्तीमा राहत वितरण गरिएको यहाँका सर्वसाधारण खुसी भएका छन् । 

गरिबीकै कारण यहाँका केही घरधुरीले घरबार नै छाडेर भारत गइसकेका छन् । साहुको ऋण तिर्न नसकेर उनीहरू भारत गएको स्थानीयबासीले बताए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ५ : ५२ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति