चीनसँगको विवादित सीमामा सैनिक तैनाथी अभूतपूर्व स्तरमा : भारतीय विदेशमन्त्री जयशंकर « Khabarhub

चीनसँगको विवादित सीमामा सैनिक तैनाथी अभूतपूर्व स्तरमा : भारतीय विदेशमन्त्री जयशंकर


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँगको विवादित सीमामा सेना तैनाथलाई अभूतपूर्व स्तरमा पुर्‍याएको बताएका छन् । सीमामा चिनियाँ पक्षले यथास्थितिलाई ‘एकतर्फी रूपमा परिवर्तन’ गर्न खोजिरहेको भन्दै चीनलाई यस्तो गर्न नदिने उनले बताए ।

अरुणाचल प्रदेश राज्यको सीमामा रहेको विवादित क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको केही दिनपछि उनको टिप्पणी आएको हो ।
चिनियाँ सेनाको अतिक्रमणका कारण भिडन्त सुरु भएको भारतले दाबी गर्दै आएको छ ।

यसैबीच, चीनको परराष्ट्र मन्त्रालयले आफ्नो जानकारी अनुसार सिमानाको अवस्था ‘सामान्यतया स्थीरँ रहेको र दुई पक्षले यस विषयमा वार्ता जारी राखेको जनाएको छ ।

भारत र चीनबीच ३ हजार ४ सय ४० किलोमिटर लामो सीमा जोडिएको छ, जसलाई वास्तविक नियन्त्रण रेखा भनिन्छ । सीमा क्षेत्रका विभिन्न स्थानहरुमा केही समययता दुई पक्षका सुरक्षाकर्मीबीच झडप हुँदै आएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ६ : ५५ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको