सुमन र इशानलाई स्वर्ण « Khabarhub

सुमन र इशानलाई स्वर्ण


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका सुमन थापा मगर र इशान सापकोटाले राष्ट्रिय कराते प्रतियोगिता आईकेओकेएस, कोलकाता ब्रान्चेसमा स्वर्ण जितेका छन् ।

पुरुष ५५ केजीमुनि सुमन र ३० केजीमुनि इशानले स्वर्ण जितेको इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते आईएफकेकेका प्रमुख प्रशिक्षक प्रेम लामाले जनाएका छन् ।

भारतको कोलकातामा डिसेम्बर १७ देखि १८ तारिखसम्म भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि शेख रिजवानले रजत तथा ४५ केजीमुनि प्रवेश गुरुङले कांस्य र कातामा सुशान्त सापकोटाले काँस्य जिते ।

टोलीको प्रशिक्षकमा घनश्याम श्रेष्ठ, व्यवस्थापकमा सानुराजा महर्जन, अफिसियलमा कुमार दनुवार, सुप्रिम रेफ्रीमा प्रेम लामा तथा रेफ्रीमा रेवतीप्रसाद सापकोटा र निरकमल थापा रहेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : ५५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर