गोली प्रहार र लुटपाटमा संलग्नलाई कारबाहीको माग « Khabarhub

गोली प्रहार र लुटपाटमा संलग्नलाई कारबाहीको माग


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीका सुनचाँदी व्यवसायी सङ्घले अत्तरियामा मोटरसाइकलमा आएका हतियारधारी समूहले सुनचाँदी व्यवसायीमाथि गरेको गोली प्रहार र लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

सङ्घहरुले प्रेस विज्ञप्ति जारी गर्दै यही पुस ३ गते अत्तरियाको पूर्वी रोडस्थित सशस्त्र क्याम्प नजिकै रहेको घोडाघोडी नगरपालिका–१ का २८ वर्षीय सुन व्यवसायी विकास सुनारमाथि भएको गोली प्रहारबाट उनी घाइते भएको र सुनका गरगहना तथा नगद लुटपाट गरिएको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका हुन् । प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजनाको समूहले सुनारमाथि गोली प्रहार गरेको थियो ।

गोली प्रहारबाट घाइते सुनारको दाहिने हात र ढाडमा चोट लागेको तथा उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उक्त समूहले करिब ३० तोला सुनका गरगहना ९करिब रु ३० लाख ६६ हजारको धानमाल० र नगद रु दुई लाख लुटपाट गरेको बताइएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : ३६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया