गोली प्रहार र लुटपाटमा संलग्नलाई कारबाहीको माग « Khabarhub

गोली प्रहार र लुटपाटमा संलग्नलाई कारबाहीको माग


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीका सुनचाँदी व्यवसायी सङ्घले अत्तरियामा मोटरसाइकलमा आएका हतियारधारी समूहले सुनचाँदी व्यवसायीमाथि गरेको गोली प्रहार र लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

सङ्घहरुले प्रेस विज्ञप्ति जारी गर्दै यही पुस ३ गते अत्तरियाको पूर्वी रोडस्थित सशस्त्र क्याम्प नजिकै रहेको घोडाघोडी नगरपालिका–१ का २८ वर्षीय सुन व्यवसायी विकास सुनारमाथि भएको गोली प्रहारबाट उनी घाइते भएको र सुनका गरगहना तथा नगद लुटपाट गरिएको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका हुन् । प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजनाको समूहले सुनारमाथि गोली प्रहार गरेको थियो ।

गोली प्रहारबाट घाइते सुनारको दाहिने हात र ढाडमा चोट लागेको तथा उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उक्त समूहले करिब ३० तोला सुनका गरगहना ९करिब रु ३० लाख ६६ हजारको धानमाल० र नगद रु दुई लाख लुटपाट गरेको बताइएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : ३६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल