सोमबारसम्म मौसम पूर्ण रुपमा नखुल्ने « Khabarhub

सोमबारसम्म मौसम पूर्ण रुपमा नखुल्ने


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो सोमबारसम्म नै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । बिहीबार र बुधबार मौसम बदली गराएको प्रणाली शुक्रबार रातिदेखि हट्ने भए पनि शनिबार फेरि अर्को प्रणाली नेपाल प्रवेश गर्न लागेको छ ।

सोही प्रणालीले मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आउँदो सोमबारसम्म नै घाम लाग्दै बादल लाग्ने देखिएको छ।

देशका थोरै ठाउँमा भने वर्षा र हिमपात हुने सम्भावना रहेको छ । तर ठूलो वर्षा वा झरीको सम्भावना भने नरहेको उनको भनाइ छ । यसैबीच दिउँसो मौसम बदली भएसँगै देशभर अधिकतम तापक्रम पनि घटेर चिसो बढेको छ । देशका विभिन्न ठाउँमा ९ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्ती अधिकतम तापक्रम १५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको बिहीबारको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

बिहीबार जोमसोमको अधिकतम तापक्रम ८ डिग्री सेल्सियस, जुम्लाको तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस, जिरीको ९ दशमलव ९ डिग्री सेल्सियस लुम्लेको १० डिग्री सेल्सियस, ओखलढुङ्गाको १३ डिग्री सेल्सियस तथा काठमाडौंको अधिकतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।

चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । अझै केही दिन मौसम पूर्ण रुपमा नखुल्ने भएकाले चिसो अझै बढ्ने देखिएको छ । मौसमविद् शान्ति कँडेलले यात्रा गर्दा सतर्कता अपनाउन र स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गरेकी छन् । चिसो बढेपछि सहरी क्षेत्रका चोकचोकमा आगो तापेको देखिन्छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ८ : ०१ बजे

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ