दुई सय करोड बजेटमा ‘बाहुबली–बिफोर द बिगिनिङ’ « Khabarhub

दुई सय करोड बजेटमा ‘बाहुबली–बिफोर द बिगिनिङ’


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– नेटफ्लिक्सको बहुप्रतीक्षित वेब सिरिज ‘बाहुबली–बिफोर द बिगिनिङ’ पुनः रोकिएको छ । यो वेब सिरिज निकै लामो समयदेखि बनिरहेको छ । जसका लागि निर्माताले सय करोड बढी लगानी गरिसकेका छन् ।

समाचारअनुसार वेब सिरिजको धेरै भागको सुटिङ भइसकेको छ । तर निर्माताले यो प्रोजेक्टलाई अस्वीकार गरेर पुनः बनाउन सुरु गरेका छन् । यहाँसम्म कि वेब सिरिजमा शिवगामीको भूमिका निभाइरहेकी मृणाल ठाकुरलाई पनि रिप्लेस गरिएको थियो । निर्माता बाहिर सुने जस्तो वेब सिरिजलाई विशाल रूपमा निर्माण गर्ने पक्षमा छैनन् ।

यो सिरिजमा पुनः अभिनेत्री वामिका गाबीको प्रवेश भएको छ । सिरिजमा तमिल अभिनेत्री नयनतारा पनि देखिँदैछिन् । यो वेब सिरिजलाई पुनः बनाउनका लागि निर्माताले दुई सय करोड बजेट तयार पारेर राखेका छन् । यो वेब सिरिजको जिम्मेवारी ‘केशरी’ निर्देशक अनुराग सिंहलाई दिने तयारी भए पनि निर्देशकसँग निर्माताको कुरा मिल्न सकेको छैन ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  २ : ०१ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो