राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका कार्की दिक्तेलमा « Khabarhub

राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका कार्की दिक्तेलमा


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– पर्यटन प्रवर्द्धन एवं लागू औषध विरुद्ध सचेतना फैलाउनका लागि दोलखा कालिन्चोक गाउँपालिका–३ लामिडाँडा पोखरेका २२ वर्षीय युवा अभिनय कार्की राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका छन् ।

‘फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौं, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एकजुट बनौं’ भन्ने मूल नाराका साथ तमु ल्होसारको दिन पारेर गत १५ पुसदेखि चरिकोटबाट राष्ट्रव्यापी साइकल यात्रा सुरु गरेका कार्की खोटाङ आइपुगेका छन् ।

दोलखाबाट रामेछाप, सिन्धुली, ओखलढुंगा र सोलुखुम्बु हुँदै खोटाङ आइपुगेका साइकल यात्री कार्कीलाई जिल्ला समन्वय समितिकोतर्फबाट जिल्लामा स्वागत गर्दै सफलताको शुभकामना दिइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले खादा र अबिर लगाइदिएर नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै साइकल यात्राको सफलताको कामना गरेका छन् । उनलाई विश्व साइकल यात्रा सुरु गरेका खोटाङका कर्ण श्रेष्ठले पनि बधाई तथा शुभकामना दिएका छन् ।

‘विश्वभर सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकता’को कामना गर्दै आफ्नो जन्मदिनको अवसरमा गत ६ फागुन २०७७ देखि ३७ दिनमा पूर्व मेची–महाकाली पैदल यात्रा पुरा गरेका कार्की पुनः राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका हुन् । दोलखा लगायतका पर्यटकीय स्थलको पर्चा प्रसार एवं ऐतिहासिक तथ्य संकलन र विकासका बारेमा युवा सहभागिताको लागि जागरण अभियान सञ्चालन गर्ने उद्देश्यले साइकल यात्रा सुरु गरेको कार्कीले बताए ।

करिब सय दिनमा ७७ वटै जिल्लामा पुगेर राष्ट्रव्यापी साइकल यात्रा पुरा गर्ने कार्कीको लक्ष्य छ । कतिपय विद्यालयमा पुगेर विद्यार्थीसँग फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनको समस्या र रोकथामका उपायबारे छलफल गर्ने गरेको कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : २६ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष