सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन स्वास्थ्यकर्मीको माग « Khabarhub

सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन स्वास्थ्यकर्मीको माग


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल, खोटाङले सबै किसिमका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेको छ ।

शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसि), जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै स्वास्थ्यकर्मी संघले सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरूमा कार्यरत सबै खालका स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेको हो ।

तोकिएको सेवा सुविधा उपलब्ध नगराउने स्वास्थ्य संस्थालाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकार समक्ष आग्रह गरेको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघले अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका सबै स्वास्थ्यकर्मीका लागि उचित आइसोलेसनको व्यवस्था गर्न, संक्रमित स्वास्थ्यकर्मीहरूको निःशुल्क औषधि उपचारको व्यवस्था गर्न, सम्पूर्ण स्वास्थ्यकर्मी र अग्रस्थानमा खटिने कर्मचारीको यथाशीघ्र बिमाको व्यवस्था गर्न माग गरेको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ खोटाङका अध्यक्ष मोहनकुमार राउतले बुझाएको ज्ञापन–पत्रमा नेपाल सरकारले कोभिड विरुद्धको महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पुरा नदिएकाले तुरुन्त दिने व्यवस्था गर्न, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था र निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्न भनिएको छ ।

यस्तै, खोप केन्द्रहरूमा देखिएको भिडभाड नियन्त्रणका लागि पर्याप्त मात्रामा स्वयंसेवक तथा सुरक्षाकर्मीको परिचालनको व्यवस्था गर्न, खोप वा स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा हुने भिडभाड, तोडफोड र हातपात गर्नेहरूलाई कारबाहीसँगै पीडित स्वास्थ्यकर्मी र संस्थालाई क्षतिपूर्तिको व्यवस्था गर्न लगायतका माग गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ९ : ५३ बजे

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको