पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई खोपको अभियान छिट्टै : प्रधानमन्त्री देउवा « Khabarhub

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई खोपको अभियान छिट्टै : प्रधानमन्त्री देउवा


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको अभियान छिट्टै प्रारम्भ गरिने बताएका छन् ।

१२ देखि १७ वर्ष उमेरका किशोर किशोरी १८ लाखभन्दा बढीलाई पहिलो मात्राको खोप दिइएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले अग्रपङ्कतिमा काम गर्ने व्यक्तिका लागि बुस्टर डोज अभियान शुरु भइसकेको बताए ।

साथै, ६० वर्षभन्दा माथि उमेर समुहका नागरिकका लागि बुस्टर डोज यसै महिनादेखि उपलब्ध गराइने देउवाले बताए ।

प्रधानमन्त्री देउवाले आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को सङ्क्रमणबाट जनताको जीवन रक्षा गर्ने, शीघ्र आर्थिक पुनरुत्थान गर्ने, आर्थिक सामाजिक क्रियाकलापलाई सामान्य अवस्थामा फर्काई सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राखी विभिन्न सुधार कार्य अगाडि बढाएकोले गत छ महिनामा मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार भएको बताए । सामाजिक क्रियाकलापमा पनि अपेक्षित सुधार आएको उनको भनाइ छ ।

यस अवधिमा १८ वर्ष माथिका एक करोड–९९ लाख २२ हजार १६४ खोप लगाउन योग्य नेपाली जनता मध्येमा ५९.६ प्रतिशतलाई पूर्णमात्राको खोप उपलब्ध गराइएको छ भने ७८.३ प्रतिशतलाई पहिलो डोजको खोप वितरण गरिसकिएको छ । यो अवधिसम्ममा विभिन्न प्रकारका कुल चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप प्राप्त गरी दुई करोड ७४ लाख ७५ हजार ९९५ डोज खोप वितरण गरिएको छ ।

पुस मसान्त सम्ममा एक मात्रा खोप लगाएको जनसङ्ख्या एक करोड ५६ लाख छ हजार २१ र पूर्णमात्राको खोप लगाएको जनसङ्ख्या एक करोड १८ लाख ६९ हजार ९७४ रहेको छ ।

कोभिड–१९ विरुद्धका विभिन्न खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिइएको छ । प्रधानमन्त्री देउवाले सङ्क्रामक रोग विरुद्ध खोप (भ्याक्सिन) उत्पादन गर्ने उद्योगलाई वित्तीय सहुलियत, छुट तथा सुविधा प्रदान गर्ने र तरल अक्सिजन उद्योगलाई वित्तीय सहुलियत, छुट तथा सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी गराए ।

कोभिड–१९को सामना गर्नका लागि सरकारी अस्पतालमा पूर्वाधार सेवामा उल्लेख्य सुधार गरिएको छ । फलस्वरूप अक्सिजन प्लान्ट, भेन्टिलेटरलगायत अन्य उपचार सामग्रीको उपलब्धतामा बढोत्तरी भएको बताउँदै उनले सरकारी अस्पतालको सुधार र स्तरोन्नतिलाई प्राथमिकतामा राख्नेकार्य अघि बढाइएको बताए । कोभिड–१९ को बढ्दो प्रकोपसँगै अवरुद्ध हुन पुगेको अन्य बिरामीको उपचारलाई सरकारी अस्पतालमा सुचारु गरिएको छ ।

कोभिड–१९ को नयाँ स्वरूपको ओमिक्रोन भाइरसको सङ्क्रमण हुन नदिनका लागि रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थालाई भरपर्दो बनाइएको छ । अक्सिजनको पर्याप्त र भरपर्दो आपूर्ति तथा भण्डारण, स्वास्थ्य पूर्वाधारको विस्तार र जनशक्तिको व्यवस्थापनमा सुधार गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ७ : ५६ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका