भीष्मराज फुलाराको ‘वासुदा’ उपन्यास सार्वजनिक | Khabarhub Khabarhub

भीष्मराज फुलाराको ‘वासुदा’ उपन्यास सार्वजनिक


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा उपन्यासकार भीष्मराज फुलाराको कृति ‘वासुदा’ सार्वजनिक भएको छ ।

साहित्यमार्फत न्याय, समानता र परिवर्तनका लागि विद्यार्थी कालदेखि नै कलम चलाउँदै आएका फुलाराको उपन्यासलाई राजधानीमा आइतबार आयोजित कार्यक्रममा साहित्यकार डा. नवराज लम्साल, एटर्नी एट ल अमेरिकाका अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारालगायतले सार्वजनिक गरे ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले एक संघर्षशील युवाको जीवनकथामा आधारित उपन्यास पढ्दा मुल पात्र वासुदामा एकैपटक देखिएका चुनौतीको सामना गर्ने साहस प्रशंसनीय पाएको बताए ।

उपन्यासकार फुलाराले कृतिमा वासुदाको जीवन संघर्ष रोचक, मर्मस्पर्शी र वास्तविक जीवनका रहस्य आममानिसको आफ्नै जीवनरेखाकै वरिपरि घुमेको महसुस गराउने बताए । उपन्यास फुलारा लिटरेचर फाउन्डेसन नेपालले प्रकाशन गरेको हो ।

फुलाराका यसअघि ‘टुहुरो कुण्डली (उपन्यास)’, ‘नफापेको मान्छे (उपन्यास)’, ‘नेपाली भाषा र साहित्यको इतिहासः त्यहाँदेखि यहाँसम्म’, ‘ओरपान हरस्कोप’ प्रकाशित भइसकेका छन् । गीतकारसमेत रहेका फुलाराका आधा दर्जन गीतह बजारमा आइसकेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : ३५ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये