टाउकोमा चाया हुनै नदिन के गर्ने, भइहाले कसरी हटाउने ? « Khabarhub

टाउकोमा चाया हुनै नदिन के गर्ने, भइहाले कसरी हटाउने ?



मानिसको टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ । त्यसक्रममा टाउकोमा सेता, मसिना, फुस्रा दागहरू, धुलो देखिन थाल्छन् । यसैलाई हामी चाया भन्छौँ । गर्मी मौसमको तुलनामा जाडोमा चायाको समस्या बढी हुन्छ।

चाया पर्ने कारण 

कपालमा तेल धेरै हुँदा ।
फङ्गस ।
हर्मोनमा हुने परिवर्तन ।
वंशाणुगत  ।
लामो समयसम्म ननुहाउनु ।
घाममा धेरै बस्दा ।
टाउकोमा धेरै पसिना आएमा।
टाउकोलाई गुम्स्याएर राख्दा ।
चाया परेको व्यक्तिको कपाल कोर्ने ब्रस तथा काइँयो प्रयोग गर्दा।
अरूले प्रयोग गरेको टावेल प्रयोग गर्दा।
कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा ।
थकान र चिन्ता ।

कस्तो अवस्थामा डाक्टरलाई देखाउने ?

चायाका कारण टाउकोमा घाउ भएमा।
धेरै चिलाएमा।
छाला खुइलिन थालेमा।
कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ ।

बच्ने उपाय : 

टाउको कम्तीमा हप्तामा तीन पटक नुहाउने ।
नुहाउनुभन्दा पहिला तेल लगाउने ।
धेरै घाममा खाली टाउको नबस्ने ।
सुख्खा हुन नदिन नुहाएपछि नरिवलको तेल वा सेरम लगाउने ।
धेरै चाया परेको छ भने दिनदिनै नुहाउने ।
राम्रो खालको स्याम्पुको प्रयोग गर्ने, धेरै स्याम्पु परिवर्तन नगर्ने ।
सेल्सन, किटेकोनाजोल स्याम्पुको प्रयोग गर्ने ।

(टिचिङ अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डाक्टर सुदिप पराजुलीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ११ : ५२ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका