नेपालमै पहिलोपटक सिमेन्ट बोर्ड उत्पादनको तयारी « Khabarhub

नेपालमै पहिलोपटक सिमेन्ट बोर्ड उत्पादनको तयारी


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमै पहिलोपटक सिमेन्ट बोर्ड उत्पादनको तयारी थालिएको छ । विशेष गरी घर सजावटको क्रममा घरको भित्ता अनि सिलिङमा फल्स सिलिङको रूपमा प्रयोग हुने सिमेन्ट बोर्ड उत्पादनको लागि तयारी सुरु गरिएको हो ।

यसक्रममा नेपाली लगानीकर्ताले चिनियाँ प्रतिनिधिहरूसँग यसबारे छलफल गरेका छन् । नेपाल बोलाइएका चीनस्थित सिनोमा हानडानका दुईजना प्रतिनिधिहरूसँग लगानीकर्ताले छलफल गरेका हुन् ।

नेपालको तर्फबाट गोर्खा क्याल्सियम सिल्केट बोर्ड प्रालिले यसको उत्पादनका लागि तयारी थालेको हो । सिमेन्ट बोर्ड उत्पादन गर्ने कारखाना खोल्न यसअघि नै प्रक्रिया सुरु गरिसकेको जनाइएको छ । यसका लागि काठमाडौं उपत्यका बाहिर उपयुक्त ठाउँमा पाँच बिघा जग्गासमेत खरिद भइसकेको गोर्खा क्याल्सियम सिल्केट बोर्ड प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले बताए ।

उनका अनुसार यसका लागि आवश्यक कच्चा पदार्थ स्वदेशी नै प्रयोग हुने छ । स्वदेशमै उत्पादित सिमेन्ट, सिलिकायुक्त ढुंगा अथवा बालुवा र पल्प पेपर यसको कच्चा पदार्थको रूपमा रहने उनले जनाए । ‘यसमध्ये पल्प पेपर मात्रै विदेशबाट आयात गर्नुपर्ने हुन्छ,’ इन्जिनियर दुवालले भने, ‘सिलिकायुक्त बालुवा ढुंगाका लागि नेपालको विभिन्न खानीबाट नमूना लिई चीनमा पठाएर त्यहाको स्टेट ल्याबमा जाँच भई ओकेसमेत भइसकेको छ ।’ यसका लागि आवश्यक मार्केट रिसर्चसमेत भइसकेको दुवालले बताए । हाल नेपालमा प्रयोग हुने सिमेन्ट बोर्ड सबै विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । नेपालमा सिमेन्ट बोर्डहरू भारत, चीन, थाइल्यान्डलगायतका देशबाट आयात भइराखेका छन् ।

सिमेन्ट बोर्डको लम्बाइ आठ फिट, चौडाइ चार फिट र मोटाइ ४ दशमलब पाँच मिमिदेखि २२ मिमिसम्म हुने जनाइएको छ । विशेष रूपमा बनाइने सिमेन्ट बोर्ड लचकदार भई मोटाई कम भए पनि नभाँचिने जनाइएको छ ।

यसको प्रयोग विशेष गरी घरको भित्ता र सिलिङ सजावटमा प्रयोग गर्ने गरिन्छ । यसका साथै फर्निचर, मोडुलर किचेन बनाउन पनि यसको प्रयोग हुने हुन्छ । साथसाथै इको प्यानल (स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रूपमा प्रयोग हुने) बनाउन पनि यसको प्रयोग हुने गर्दछ । ‘आफ्नै इको प्यानल बनाउन पनि सिमेन्ट बोर्ड मुख्य कच्चा पदार्थको रूपमा आयात गर्दै आएकोमा हामी नेपालमै सिमेन्ट बोर्ड फ्याक्ट्री लगाउनुपर्छ भनेर सन् २०१७ देखि नै जोसिएको थियौं,’ इन्जिनियर दुवालले भने ।

कोरोना अगाडि सन् २०१७ मै चीनको उहान सिनोमा लिमिटेडका दुईजना इन्जिनियरहरू नेपाल ल्याई कच्चा पदार्थ तथा फ्याक्ट्री राख्ने स्थानको सम्भाव्यता अध्ययन गर्न नेपाल ल्याएको इन्जिनियर दुवालले बताए । यसअघि आफूले यो कारखाना लगाउन चीनका धेरै सिमेन्ट बोर्ड कारखानामा घुमेर अध्ययन अनुसन्धान गरिसकेको दुवालले सम्झे ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : ४५ बजे

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर– भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२