एमसीसीको विरोधमा महोत्तरीमा प्रदर्शन « Khabarhub

एमसीसीको विरोधमा महोत्तरीमा प्रदर्शन


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– एमसीसी सदनमा पेश गरिएको विरोधमा सोमबार पनि प्रदर्शन भएको छ ।

महोत्तरीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।

एमसीसी सदनमा अनुमोदन गर्ने गम्भीर षड्यन्त्र भएको भन्दै बर्दिबासमा प्रदर्शन गरिएको छ ।

आफ्ना शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्न खाजेको भन्दै प्रदर्शनकारीहरूले नेताहरूलाई खबरदारीसमेत गरेका छन् ।

चरणवद्ध रूपमा संघर्ष अगाडि बढाइने माओवादी केन्द्रका युवा नेता सौरभ खडकाले जानकारी दिए ।

प्रदर्शनमा एमसीसीको विषयमा मौन बसेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका स्थानीय नेतासमेत सहभागी भएका थिए । नेकपा एमालेका स्थानीय नेता कुमार भण्डारीले चरणबद्ध आन्दोलनको स्वरूप परिवर्तन गर्दै लैजाने बताएका छन् ।

यसअघि पनि माओवादी केन्द्रको भातृ संगठन वाइसीएलले एमसीसीको विरोधमा मसाल जुलुस निकालेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ४१ बजे

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा