राजनीति

एमसीसीको विरोधमा महोत्तरीमा प्रदर्शन

By खबरहब

February 21, 2022

महोत्तरी– एमसीसी सदनमा पेश गरिएको विरोधमा सोमबार पनि प्रदर्शन भएको छ ।

महोत्तरीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।

एमसीसी सदनमा अनुमोदन गर्ने गम्भीर षड्यन्त्र भएको भन्दै बर्दिबासमा प्रदर्शन गरिएको छ ।

आफ्ना शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्न खाजेको भन्दै प्रदर्शनकारीहरूले नेताहरूलाई खबरदारीसमेत गरेका छन् ।

चरणवद्ध रूपमा संघर्ष अगाडि बढाइने माओवादी केन्द्रका युवा नेता सौरभ खडकाले जानकारी दिए ।

प्रदर्शनमा एमसीसीको विषयमा मौन बसेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका स्थानीय नेतासमेत सहभागी भएका थिए । नेकपा एमालेका स्थानीय नेता कुमार भण्डारीले चरणबद्ध आन्दोलनको स्वरूप परिवर्तन गर्दै लैजाने बताएका छन् ।

यसअघि पनि माओवादी केन्द्रको भातृ संगठन वाइसीएलले एमसीसीको विरोधमा मसाल जुलुस निकालेको थियो ।