किसुनजी स्मृति म्याराथन चैत्र १९ गते हुने « Khabarhub

किसुनजी स्मृति म्याराथन चैत्र १९ गते हुने


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा दोश्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्वावधान तथा बागमती प्रदेश संघको आयोजनामा प्रतियोगिता चैत्र १९ गते हुने भएको हो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको छ । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको (किसुनजी) को स्मृतिमा संघले दोस्रो पटक प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिताका विजयी खेलाडीहरूले नगद ५० हजार, उपविजयी खेलाडीहरूले नगद ३० हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद २० हजार प्राप्त गर्ने छन् ।

अघिल्लो संस्करणको तुलनामा यस पटक पुरस्कार राशिलाई दोब्बर बनाइएको समेत पत्रकार सम्मेलनमा अध्यक्ष दीपक गुरुङले जानकारी गराए ।

प्रतियोगिताको रुट गोल्फु टार बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, सुकेधारा, चाबहिल, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, हात्तीसार, जयनेपाल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, गोल्फु टार, नारायणथान हुँदै पुन गोल्फु टार बास्केटबल कोर्ट रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : ०० बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका