एजेण्डा नभएपछि नेताको चुनावी ‘कमेडी शो’ ! | Khabarhub Khabarhub

एजेण्डा नभएपछि नेताको चुनावी ‘कमेडी शो’ !



२०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका नेता बासु रिसालले एक सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘यसपटक हामीले सबै २०५ स्थानमै कब्जा गर्दैछौं।’ त्यो समय प्रतिनिधिसभा २०५ सदस्यीय थियो। नेता रिसालको भाषण सुनेर सभामा उपस्थित कांग्रेसकै नेता, कार्यकर्ता र आम जनसमुदाय गलल हाँसे।

कमेडीको यो बहारमा ‘सेन्स अफ ह्यूमर’ मा माहिर तत्कालिन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले थपे, ‘बासु बाबुले २०५ क्षेत्रमै कांग्रेसले जित्छ भन्नु भो, संसदमा प्रतिपक्षी पनि चाहिन्छ। त्यसैले प्रतिपक्षका लागि हामी पाँच ठाउँ छाडिदिन्छौं।’

सन्त नेता किसुनजी अहिले हामीबीच छैनन्। गम्भीर विषयमा ठट्टा गर्ने उनको स्वभाव भए पनि त्यो ठट्टाभित्र गाम्भीर्य लुकेको हुन्थ्यो। तर, अचेलका केही नेताहरु चाहिँ हरेक विषयमा हल्का र हास्यास्पद टिप्पणी गरिरहेका छन्। दिपकराज गिरी र दीपाश्रीको ‘छक्कापन्जा–४’ प्रदर्शनमा आउन बाँकी नै छ, तर चुनावी दौडाहा निस्किएका नेताहरुले भने जनतामाझ ‘कमेडी शो’ देखाउन थालिसकेका छन्।

नेताको ‘स्टाण्डीङ कमेडी’
चुनावको ‘कमेडी सर्कस’ मा अग्रपंक्तिमा अरु कोही होइन, उखान र टुक्काबाट जनतालाई मन्त्रमुग्ध पार्ने एमाले अध्यक्ष केपी ओली छन्। ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने धक्कु लगाएका छन्।

‘बूढो कांग्रेस पाँच वर्षअघि २३ सिटमा झरेको होइन ? अब कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ। साठी वर्ष माथिका ज्येष्ठ नागरिकले कांग्रेसलाई भोट हाल्दैनन्। अनि युवाहरु कांग्रेस, माओवादीबाट चेतिसकेका छन्। उनीहरुले पनि काँग्रेसलाई भोट हाल्दैनन्।’

पार्टीको सम्पर्क समन्वय कमिटीद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भने, ‘बूढो कांग्रेस पाँच वर्षअघि २३ सिटमा झरेको होइन ? अब कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ। साठी वर्ष माथिका ज्येष्ठ नागरिकले कांग्रेसलाई भोट हाल्दैनन्। अनि युवाहरु कांग्रेस, माओवादीबाट चेतिसकेका छन्। उनीहरुले पनि काँग्रेसलाई भोट हाल्दैनन्।’

नेकपा (एकिकृत समाजवादी)का नेता झलनाथ खनालले पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मन्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्नेक्रममा ओलीको बाकसमा एक मत खस्न नदिने उदघोष गरे। उनले भने, ‘संविधान उल्लंघनको अपराध गर्ने व्यक्ति ओलीलाई खोई सजाय ? त्यसैले आउने निर्वाचनमा ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ र उनको बाकसमा जिरो मत दिनुपर्छ।’

एस नेता खनालले यसो भनेकै भोलिपल्ट आइतबार एमाले अध्यक्ष ओली दौडदै पुगे, खनालकै जिल्ला इलाम। क्षेत्र नम्बर–१ अन्तर्गत फिक्कलमा आयोजित जनसभा र पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, ‘एमालेबाटै साँसद भएर एमालेकै बाकसमा शून्य मतको ध्वाँस दिने ? पोइल जाने श्रीमतीले त भएका सारा गर–गहना बुझाएर जान्छन्, एमालेसँग सम्बन्ध विच्छेद गरेको हो भने खै अहिलेसम्म सांसद रुपी गहना बुझाएको ?’

‘देशभर एमालेको जनसागर छ। केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला ? चितवनको तरिकाले काम लाग्छ कि ? सर्लाहीको तरिकाले काम लाग्छ?’

सोही कार्यक्रमा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘देशभर एमालेको जनसागर छ। केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला ? चितवनको तरिकाले काम लाग्छ कि ? सर्लाहीको तरिकाले काम लाग्छ ?’

नेम्वाङको संकेत चितवनमा मेयर रेणु दाहाल र सिरहामा माके अध्यक्ष दाहाललाई धाँधली गरेर जिताइएको तर्फ थियो। नेम्वाङलाई खनालको नाम हेक्का नहोला र ? तर, उनले खनालको नामै नलिइकन भने, ‘इलाममा मात्र होइन, देशैभर एमालेको लहर देखेर छक्क परिरहनु भएको होला हाम्रा केही मित्रहरू। मैलै नाम चाहिँ बिर्सें। उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ। कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन।’

चुनावी गफ न हो। यसमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि के कम ? उनले आइतबार कार्यकर्ता प्रशिक्षणका क्रममा माओवादी पहिलो शक्ति बन्ने ठोकुवा गरे। उनले भने, ‘आगामी निर्वाचनमा माओवादी पहिलो शक्ति बन्नेछ। शान्ति सम्झौता गरेर आउँदा पनि कसैले माओवादीले जित्छ भन्न सकेका थिएनन्। त्यस्ता पूर्वानुमानलाई गलत साबित गर्दै माओवादी पहिलो शक्ति बन्नेछ।’

‘तपाईं जेष्ठ नागरिकलाई बृद्धभत्ता दिने मान्छे यो माधव नेपाल हो। बृद्धभत्ताको व्यवस्था मिलाउने मान्छे माधव नेपाल तपाईंहरु सामु आएको छ, तर तपाईंहरुलाई नै थाहा छैन, आफूलाई वृद्धभत्ता कसले दिलाएको हो भनेर। यस्तो त भएन । अब वृद्ध भत्ता दिलाउने माधव नेपालको पार्टीलाई जिताउनुपर्छ।’

आफ्नो दललाई शक्तिशाली दाबी गर्ने यो होडमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि तुजुक देखाइहाले। आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले राप्रपा नेपाललाई आगामी संसदीय निर्वाचनपछि राष्ट्रिय पार्टी बनाउने दाबी गरे। उनले भने, ‘अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा बलियो हुनेछ र संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाइनेछ। राप्रपाले कांग्रेस एमालेलाई चुनौती दिनेछ।’

जनतामाझ कुनै चुनावी नारा या एजेन्डा छैन, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालसँग। नेकपाको दुई तिहाई बहुमतको असफलतापछि एमालेबाट समेत अलग भएका नेपालले एसका पक्षमा भोट माग्न उहिलेको एमालेको नौ महिने सरकारको पालाको बखान गरिदिए।

गोरखामा पुगेर उनले भने, ‘तपाई जेष्ठ नागरिकलाई बृद्धभत्ता दिने मान्छे यो माधव नेपाल हो। बृद्धभत्ताको व्यवस्था मिलाउने मान्छे माधव नेपाल तपाईंहरु सामु आएको छ, तर तपाईंहरुलाई नै थाहा छैन, आफूलाई वृद्धभत्ता कसले दिलाएको हो भनेर। यस्तो त भएन नी। अब वृद्ध भत्ता दिलाउने माधव नेपालको पार्टीलाई जिताउनुपर्छ।’

‘मिसाइल’जस्ता गाली
रुस र यूक्रेन युद्धमा ‘भ्याकुम बम’ देखि ‘हाइपर सोनिक मिसाइल’ वर्षिरहेका छन्। यता नेपालको चुनावी सरगर्मीमा भने शीर्ष नेताहरु विरोधी दल र नेतामाथि गालीको मिसाइल दागिरहेका छन्।

गोरखाको सभामा एस नेता नेपालले एमालेलाई ‘विध्वंशकारी’ भन्दै गर्दा अध्यक्ष ओलीलाई चाहिँ ‘रावण’ नै भनिदिए। उनले भने, ‘आफैले जन्माएको सन्तान (ओली) विभिषण होला भनेको रावण भइदियो।’

गालीगलौजको ‘मिसाइल’ यतिबेला कम्युनिष्ट घटकबीच नै बढी मात्रामा प्रहार भइरहेको देखिन्छ। कम्युनिष्ट मिलेको खण्डमा प्रेमि-प्रेमिकाजस्तै हुन्छन्, तर फुटेपछि चाहिँ एक–अर्काका दुश्मन भएर निस्कन्छन्।

उता, शनिबार पार्टी कार्यालय भवन उदघाटनका लागि सिन्धुली पुगेका माके अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीलाई ‘खलनायक’ र ‘संसद विघटन गर्ने मुर्ख’ सम्म भनिदिए। उनले भने, ‘गोरुगाढा चढेर अमेरिका पुगिन्न भन्ने मान्छे अहिले पनि जिउँदै छ, ओलीबाट अहिले पनि प्रतिगमनको खतरा छ। ओली अहिले पनि सँघीयता र गणतन्त्रका पक्षधर होइनन्, साथीहरु सतर्क रहनुहोला।’

शनिबार नै भक्तपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले १५ वर्षसम्म एमालेमा महासचिव मानेका माधव नेपाललाई ‘देख्यो कि घृणा लाग्ने’सम्म भन्न भ्याए। माओवादी केन्द्रका अध्यक्ष दाहाललाई चाहिँ उनले ‘नेपाली कम्युनिष्ट आन्दोलनको अभिशाप’ भने।

गालीगलौजको ‘मिसाइल’ यतिबेला कम्युनिष्ट घटकबीच नै बढी मात्रामा प्रहार भइरहेको देखिन्छ। कम्युनिष्ट मिलेको खण्डमा प्रेमि–प्रेमिकाजस्तै हुन्छन्, तर फुटेपछि चाहिँ एक–अर्काका दुश्मन भएर निस्कन्छन्। स्वस्थ आलोचनाको साटो तुच्छ, अभद्र र अशिष्ट गालीगलौज नै उनीहरुको मुखबाट निस्कने गर्छ।

एस अध्यक्ष पनि कटाक्षमा के कम ? उनले आफ्नो राजनीतिक प्रस्तावमै ओलीलाई निरंकुश, स्वेच्छाचारी, दम्भी, अहंकारी, घमण्डी, षडयन्त्रकारी, विखण्डनकारी, दक्षिणपन्थी, सत्तालिप्सा भएको, सर्वसत्तावादी, गफाडीसम्म भनिसकेका छन्।

अहिले माके, एमाले र एसका नेताबीच जुन तिक्तता छ, त्यसले कम्युनिष्टहरुको वैचारिक दिवालीयापन पनि उजागर गर्छ। नेकपा विभाजनपछि एमाले अध्यक्ष ओली र अन्य नेताहरुको मुख्य तारो एसका अध्यक्ष माधव नेपाल भइरहेका छन्।

अध्यक्ष ओलीले अहिलेसम्म नेपाललाई ‘हरियो साँप’, ‘कुपात्र’, ‘उम्रीन नसकेको प्यूसो’, ‘कुहिएको फर्सी’, ‘फोहोरको झिंगा सरह’, ‘महत्वकांक्षी’, ‘स्वार्थ इगो, इश्र्या भाव र कुन्ठाबाट ग्रसीत’ र ‘घरमा आगो लगाई खरानी घसेर तीर्थयात्रामा हिंडेको मानिस’ सम्म भन्न भ्याइसकेका छन्।

एस अध्यक्ष पनि कटाक्षमा के कम ? उनले आफ्नो राजनीतिक प्रस्तावमै ओलीलाई निरंकुश, स्वेच्छाचारी, दम्भी, अहंकारी, घमण्डी, षडयन्त्रकारी, विखण्डनकारी, दक्षिणपन्थी, सत्तालिप्सा भएको, सर्वसत्तावादी, गफाडीसम्म भनिसकेका छन्।

दुई तिहाई बहुमतको सरकार संचालन गर्न नसकेका, शान्ति, स्थिरता र समृद्धिको नारामा असफल भएका र आपसी कलह र विभाजनमा फँसेका कम्युनिष्ट घटकसँग जनतामाझ राख्ने चुनावी एजेन्डाकै अभाव छ।

अब क्रमशः हुन गइरहेको तिन तहको निर्वाचनमा एमाले र एसबीच यस्तै प्रकृतीका गालीगलौजको वर्षा हुनेमा शंका छैन। यसको प्रारम्भ भइसकेको छ। दुई तिहाई बहुमतको सरकार संचालन गर्न नसकेका, शान्ति, स्थिरता र समृद्धिको नारामा असफल भएका र आपसी कलह र विभाजनमा फँसेका कम्युनिष्ट घटकसँग जनतामाझ राख्ने चुनावी एजेन्डाकै अभाव छ।

जनतामा व्याप्त निराशा, हालसम्मका असफलता र नालायकी ढाकछोप गर्दै जनताका मुल मुद्दालाई विषयान्तर गर्न एमाले अध्यक्ष ओली ‘हरियो मतपत्र’को अनावश्यक विवाद झिकिरहेका छन् भने अर्कोतिर कटु कटाक्षमार्फत ‘समाचारको शीर्षक’ बनिरहेका छन्। जनतालाई उनका भाषण चाहिँ ‘नेपग्याज्म’ को ‘स्टाण्डीङ कमेडी’ भन्दा फरक लागिरहेको छैन।

कांग्रेस संयम
सत्ता साझेदार कम्युनिष्ट र विपक्षी कम्युनिष्टबीच गालीगलौजको निम्छरो दोहोरी चलिरहेको बेला नेपाली कांग्रेसमा भने सालिन संयमता देखिन्छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अचेल सार्वजनिक सभामा बोल्दा कसैप्रति पनि अशिष्ट, अभद्र र तिता शब्द उच्चारण गरेको पाईंदैन। देउवाकै शैलीलाई अहिले कांग्रेसका माथिदेखि तलसम्मका नेता–कार्यकर्ताले पछयाएको देखिन्छ।

२०४८ सालतिर कांग्रेस पनि कम्युनिष्टप्रति उग्र देखिन्थ्यो। तिनताक कांग्रेसका नेताहरु ‘कम्युनिष्टले सरकार बनाएमा ६० वर्षमाथिका आमा बुबालाई मार्छन्’ जस्ता भाषण पनि गर्थे। कांग्रेसका चुनावी सभामा ‘एमाले चाइनाको पाले नजानेर सबैले हामफाले’ जस्ता गीत पनि गाइन्थे। कहाँसम्म भने तात्कालीन अन्तरिम सरकारका मन्त्री एमाले नेता झलनाथ खनालका ‘तीनवटी श्रीमती छन्’ भन्नेसम्मका हल्ला चलाउन कांग्रेस पछि परेको थिएन।

तिनताक कांग्रेस पार्टी कम्युनिष्टप्रति उग्र हुनुका पछाडि तात्कालीन महामन्त्री एवं पछि सभापति भएका गिरिजाप्रसाद कोइरालाको आक्रामक स्वभाव पनि एक कारण थियो। तिनताक गिरिजाबाबु ‘माले, मसाले र मण्डले एकै हुन्’ देखि ‘कम्युनिष्टको सरकारलाई फू गरेर ढालिदिन्छु’सम्म भन्ने गर्थे। कांग्रेस नेता रामचन्द्र पौडेलले ‘माओवादी उत्पत्तिको साइनो निर्मल निवाससम्म जोडिएको छ’ समेत भनेका थिए।

एक पटक कृष्णप्रसाद भट्टराईले खुलामञ्चको सभामा कम्युनिष्टलाई ‘गधा’को संज्ञा दिदै यति चाहिँ भनेका थिए, ‘गधालाई धोएर गाई बनाउन नसकिनेरहेछ। कम्युनिष्टलाई सुधार्न सकिन्छ कि भनेको, नसकिँदो रहेछ।’

यद्यपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताले विपक्षीप्रति कहिल्यै कटु कटाक्ष गरेको सुनिएन। बरु, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ पछिको क्याबिनेटबाट चिरञ्ंजीवि वाग्लेलगायतका ६ जना मन्त्रीहरुलाई हठात बर्खास्त गर्दा सर्वमान्य नेता गणेशमान सिंहले चाक्सीबारीस्थित आफ्नो निवासमा यो पंक्तिकारसहितका केही पत्रकारसँग भनेका थिए, ‘गिरिजा त दानवै रहेछन्, क्याबिनेटमा नरसंहार नै गरे।’

हो, एक पटक कृष्णप्रसाद भट्टराईले खुलामञ्चको सभामा कम्युनिष्टलाई ‘गधा’को संज्ञा दिदै यति चाहिँ भनेका थिए, ‘गधालाई धोएर गाई बनाउन नसकिनेरहेछ। कम्युनिष्टलाई सुधार्न सकिन्छ कि भनेको, नसकिँदो रहेछ।’

यसबाहेक गणेशमान सिंह र किसुनजीबाट खासै कटु कटाक्ष सुनिएन। अझ, उल्लेखनीय पक्ष, कांग्रेसभित्र चर्को वादविवाद र पार्टी विभाजन हुँदासमेत शीर्ष नेता गिरिजाबाबु र शेरबहादुर देउवाले एकअर्काप्रति अशिष्ट र अमर्यादित शब्दले गालीगलौज गरेको सुनीएन। कांग्रेस सिद्धान्तले नै उदारबादी भएकाले कांग्रेसजनमा आवेगी, उग्र र उत्तेजक भाषा खासै सुनीदैन।

गगन थापा, विश्वप्रकाश शर्मालगायतका नयाँ पुस्ताका नेतामा कम्युनिष्ट पाराकै आवेगपूर्ण भाषण शैली सुनिन्छ, तर सभापति देउवाको संबोधनमा भने अचेल निकै सुधार आएको जगजाहेरै छ। सायद केही वर्षअघि बीबीसीको ‘साझा सवाल’ कार्यक्रममा अतिथि हुँदा ‘बढता नबोल्नुस्’ भन्ने उत्तेजित वाक्यबाट विवादमा आएर होला, प्रधानमन्त्री देउवाको बोलीमा अचेल निकै हार्दिकता र सद्भावपूर्ण भावंभगीमा देखिन्छ।

गगन थापा, विश्वप्रकाश शर्मालगायतका नयाँ पुस्ताका नेतामा कम्युनिष्ट पाराकै आवेगपूर्ण भाषण शैली सुनिन्छ, तर सभापति देउवाको सम्बोधनमा भने अचेल निकै सुधार आएको जगजाहेरै छ।

स्थानीय निर्वाचनमा ‘घर-घरमा कांग्रेस’ अभियान सुरु भइसकेपछि सभापति देउवाले कार्यकर्तालाई बडो सार्थक निर्देशन दिएका छन्। गत फागुन २४ मा उनले गठबन्धन दल वा विपक्षी दल कसैलाई पनि गाली गरेर अभिव्यक्ति नदिन कार्यकर्तालाई निर्देशन दिएका छन्।

स्थानीय निर्वाचन लक्षित प्रशीक्षणका क्रममा सानेपास्थित केन्द्रीय कार्यालयमा प्रधानमन्त्री देउवाले बोल्ने क्रममा पार्टीको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्न निर्देशन दिएका थिए।

‘हाम्रो गठबन्धनलाई बिच्काउने व्यवहार नगरौं। त्यस्तो अभिव्यक्ति पनि नदिऔं। कांग्रेस भनेको विपक्षी पार्टीलाई खेदो गर्ने पार्टी होइन। पार्टीको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्नुहोला’, देउवाले भनेका थिए।

देउवा अहिले पनि चुनावमा पार्टीलाई जिताउन जनताको घरघरमा पुग्न र पार्टीका राम्रा कुरा प्रचार गर्न देउवा कार्यकर्तालाई आग्रह गरिरहेका छन्। उनले भन्ने गरेका छन्, ‘एमसीसीबारे व्यापक भ्रम सिर्जना गरिएको छ। त्यो भ्रमलाई तल्लोस्तरमै पुर्याइएको छ। हामीले त्यो भ्रम चिर्नुपर्छ। राम्रो प्रचार भयो भने एमसीसी भनेको पार्टीलाई फाइदा पुग्ने सम्झौता हो।’

देउवा अहिले पनि चुनावमा पार्टीलाई जिताउन जनताको घरघरमा पुग्न र पार्टीका राम्रा कुरा प्रचार गर्न देउवा कार्यकर्तालाई आग्रह गरिरहेका छन्।

विपक्षीलाई गाली नगर्ने सभापति देउवाको शैलीको प्रशंसा गर्दै कांग्रेस महामंत्री विश्वप्रकाश शर्माले एक कार्यक्रममा भनिहाले, ‘केपी ओली प्रधानमन्त्री हुँदा आफ्ना कार्यकर्तालाई विपक्षीविरुद्ध अरिंगाल भएर जाइलाग्न भन्थे, हाम्रा सभापति चाहिँ विपक्षीलाई गाली नगरौं, स्वस्थ आलोचना गरौं भनिरहनुभएको छ। यही हो कांग्रेसको संस्कार।’

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १२ : ३६ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला