युक्रेन आक्रमणमा चीनले रुसलाई नसघाउने « Khabarhub

युक्रेन आक्रमणमा चीनले रुसलाई नसघाउने


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेनविरुद्धको आक्रमणमा रुसलाई  हातहतियार सहयोग उपलब्ध नगराउने बताएका छन् । अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको कुराकानीका क्रममा अमेरिकाका लागि चिनियाँ राजदूत चिन गाङले चीनले रुसलाई नसघाउने बताएका हुन् ।

उनले संकट न्यून गर्न बेइजिङले सम्भाव्य सबै कदम चाल्ने समेत बताए । चीनले जारी युक्रेन आक्रमणमा रुसलाई सहयोग गरे नराम्रो परिणाम भोग्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिइरहेका बेला चिनियाँ राजदूतको यस्तो भनाई आएको हो ।

गत साता बेइजिङले मस्कोलाई हतियार उपलब्ध गराउन तयार रहेको भन्ने समाचार आएको थियो । यद्यपि ति समाचारलाई  ‘गलत  सूचना’ भन्दै चीनले त्यसलाई अस्वीकार गरेको छ । तर, चीन रुसी हमलाप्रति भने नरम बनेको आरोप लाग्ने गरेको छ ।

पश्चिमा मुलुकबाट आइरहेको सार्वजनिक निन्दाले सहयोग नगर्ने र द्वन्द्व समाधानका लागि राम्रो कूटनीति आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ११ : ३५ बजे

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए

काठमाडौं- खासगरी टिकट वितरणलाई लिएर देखिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको