चीनमा १२३ यात्रु र चालक दलका ९ सदस्य बोकेको विमान दुर्घटनाग्रस्त « Khabarhub

चीनमा १२३ यात्रु र चालक दलका ९ सदस्य बोकेको विमान दुर्घटनाग्रस्त


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी चीनको कुन्मिङ शहरबाट ग्वाङ्झाउका लागि उडान भरेको चाइना इष्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्शी प्रान्तको वुझोउ पहाडी इलाकामा दुर्घटनामा परेको हो ।

विमानमा १२३ यात्रु र चालक दलका ९ सदस्य रहेको चीनको नागरिक उड्ययन प्रशासनले जानकारी दिएको छ । दुर्घटना भएको क्षेत्रमा आगलागी समेत भएको थियो ।

यद्यपि दुर्घटनाको कारण र मानवीय क्षतिबारे भने केही विवरण सार्वजनिक गरिएको छैन । दुर्घटनास्थलमा ६ सय भन्दा धेरै उद्धारकर्ता खटिएको र उनीहरुले दुर्घटनास्थलमा लागेको आगो निभाउन सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा हवाई यात्रा तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । १२ वर्षयता चीनमा पहिलो पटक यति गम्भीर हवाई दुर्घटना भएको बताइएको छ । यसअघि सन् २०१० को अगष्ट महिनामा यिचुन क्षेत्रमा भएको हवाई दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो ।

हवाई सेवा प्रदायक कम्पनी इष्टर्न चाइना एअरलाइन्सले यात्रुका परिवार र दुर्घटनाबारे जानकारी लिन चाहनेका लागि हटलाइन सेवा शुरु गरेको बताइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ६ : ४५ बजे

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको

प्राविधिक शिक्षाका विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण र पारिश्रमिकसहितको इन्टर्नसिप

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत प्राविधिक तथा