अफगानिस्तानमा व्यापारीको ‘रहस्यमय’ हत्या « Khabarhub

अफगानिस्तानमा व्यापारीको ‘रहस्यमय’ हत्या


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा एकजना व्यापारीको हत्या भएको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतको समाचार संस्था एएनआईले जनाएअनुसार इब्राहिम नाम गरेका व्यापारीको दक्षिण अफगानिस्तानको वाशेर जिल्लास्थित पिरावाद क्षेत्रमा हत्या भएको हो ।

उनको हत्या ‘रहस्यमय’ रहेको जनाइएको छ । यद्यपि हत्याको कारण र हत्याराको पहिचान भने खुलाइएको छैन ।

गत वर्षको अगष्ट महिनामा अफगान सरकार पतन भई लडाकु समूह तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा हिंसाका घटना बढ्दै गइरहेको बताइएको छ ।

तालिबानको शासनमा विदेशी नागरिक सहित महिला एवम् अल्पसंख्यकहरुमाथिको दमन र विभेद बढिरहेका बेला अफगानिस्तानमा व्यापारीको हत्या भएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ३३ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम