रियलको सहज जित, ओसासुना पराजित | Khabarhub Khabarhub

रियलको सहज जित, ओसासुना पराजित


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ओसासुनालाई ३–१ अन्तरले पराजित गर्दै रियल मड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ ।

घरेलु मैदानमा स्टार खेलाडी करिम बेन्जेमाले पाएको दुई पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

यद्यपि डेभिड अलाबा, मार्काे एसेन्सियो र लुकास भास्क्वेजको गोलमा रियलले महत्त्वपूर्ण तीन अंक हात पार्‍यो । ओसासुनाका एन्टि बुडिमिरले सान्त्वना गोल गरे ।

बेन्जेमाले दोस्रो हाफको ५१औं र ५९ औं मिनेटमा दुई पेनाल्टी चुकाएका थिए । उनको दुबै प्रहार ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाएका थिए ।

जितसँगै रियलले ३३ खेलबाट ७८ अंक सहित शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ ।

दोस्रो स्थानको एट्लेटिको मड्रिडको ६१ अंक तथा तेस्रो स्थानको बार्सिलोनाको ६० अंक छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ८ : २२ बजे

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई

महिलाले पनि बलात्कार गर्न सक्छन् : कानून मन्त्रालय

काठमाडौं– समाजमा पुरानो उखानै छ– नेपालको कानून दैव जानुन् !