गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि औपचारिकरुपमा सञ्चालन | Khabarhub Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि औपचारिकरुपमा सञ्चालन


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ ।  रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भई उद्घाटनको तयारीमा रहेको विमानस्थलमा बिहान ७ बजेर १५ मिनेटमा यती एयरले पहिलो उडान भरेर र ७ बजेर ४५ मिनेटमा बुद्ध एयरले पहिलो अवतरण गरी रनवे प्रयोगमा ल्याइएको हो ।

१५ सय मिटर लामो धावनमार्गबाट आन्तरिक उडान गर्दै आएको विमानस्थलले नवनिर्मित धावनमार्गबाट अबको आन्तरिक उडान गर्ने निश्चित भएको हो । सन् १९५८ जुलाई ८ तारिखबाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलले ६४ वर्षको अन्तरालमा नयाँ धावनमार्गबाट उडान सुरु गरेको छ ।

एरोनटीकल इर्न्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल (एयरर्‍याक) मा निर्माण सम्पन्न भएको विमानस्थलको ३ किलोमिटरको धावनमार्गसहित हवाइ रुट, नेभिगेसन  र एयरपोर्टको जानकारी र सुविधा पठाएर अद्यावधिक भएपछि ककपिटमा नयाँ रनवे देखिएको छ । अब सबै उडान र अवतरण पुरानो रनवमा नभएर नयाँ रनवेमा हुन्छ, पुरानो रनवेलाई ट्याक्सी वे मा परिणत गरिएको  गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए ।

आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनी बुद्ध, यती, श्री, सौर्य, गुण लगायतले उडान-अवतरण नयाँ धावनमार्गबाट गर्ने भएका छन् । भैरहवा विमानस्थलमा दैनिक १५ देखि २८ वटा आन्तरिक उडान हुँदै आएको छ ।

नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको गौतमबुद्ध विमानस्थल बुद्धजयन्तीकै अवसर पारेर अन्तर्राष्ट्रिय उडानको उद्‌घाटन जेठ २ गतेबाट हुँदैछ ।

विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरणले, ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले, फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले र  कार्गो व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने गरी तयारी रहेको महाप्रबन्धक दाहालले बताए ।

अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकाय लगायतसँगको छलफलपछि जेठ २ गते अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको उनले बताए । विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल एयरलाइन्सले जहाजबाट ओर्लन प्रयोग हुने भर्‍याङ, लगेज क्यारिअरजस्ता साधन विमानस्थल पुर्‍याइसकेको छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १० : ३४ बजे

गण्डकीका यातायात कार्यालयबाट ५६ करोड राजस्व संकलन 

म्याग्दी– गण्डकी प्रदेशका यातायात कार्यालयले चालु आर्थिक वर्ष २०८०-८१ को

भारतीयलाई प्रधानमन्त्री दाहालको जवाफ- आफ्नै देशलाई हिन्दुराष्ट्र बनाए भैगो !

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान सन्तुलित भएकाले धर्म

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

धादिङ– धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या अभियोगमा प्रहरीले धादिङको

गाजाको केही भाग कब्जा गर्ने इजरायलको योजना अस्वीकार्य : प्यालेस्टिनी राष्ट्रपति

रामल्ला– प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ‘प्यालेस्टिनी राज्यको अभिन्न अङ्ग’ रहेको

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लबविरुद्ध पक्राउ पूर्जी

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द