स्थानीय तह निर्वाचन : सुदूरपश्चिममा तयारी तीव्र « Khabarhub

स्थानीय तह निर्वाचन : सुदूरपश्चिममा तयारी तीव्र


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यही वैशाख ३० गते हुने निर्वाचनको तयारी तीव्र पारेका हुन्।

प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले सुदूरपश्चिमका ८८ स्थानीय तहका एक हजार १३५ मतदान स्थलमा दुई हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाएको जानकारी दिए। प्रदेशका सबै निर्वाचन कार्यालयले आज नौवटै जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ।

निमित्त प्रमुख भट्टले अहिले निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पुर्‍याउने काम भइरहेको जानकारी दिए। प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ७३४ वडाध्यक्ष र दुई हजार ९३६ वडा सदस्यका लागि हुने निर्वाचनबाट कुल तीन हजार ८४६ जनप्रतिनिधि निर्वाचित हुने छन्।

सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्र छन्। कैलालीका १३ पालिकामा ६१९ मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक चार हजार बढी कर्मचारी खटिने छन्। कञ्चनपुरका नौ पालिकाका ३४१ मतदान केन्द्रमा एक हजार ८०० बढी कर्मचारी खटिने भएका छन्। सुदूरपश्चिममा यस वर्ष १६ लाख ३२ हजार १५० मतदाताले स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन्, जसमध्ये आठ लाख ३१ हजार ४७० महिला, आठ लाख ६६२ पुरुष र १८ तेस्रोलिंगी छन्।

यसैगरी डोटीका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जिल्लाका नौवटा स्थानीय तहमा रहेका मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्ने काम सम्पन्न भएको जानकारी दिए। ‘हामीले एक चरणमा मतदान स्थलको निरीक्षण तथा अनुगमन गरिसकेका छौँ’, उनले भने, पुनः अर्को पटक निरीक्षणको तयारी छ।’

कुन मतदान स्थलमा कति जना सुरक्षाकर्मी खटाउने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ विष्टले जानकारी दिए।

राजनीतिक दल पनि निर्वाचनलाई लक्ष्य गरी गाउँ पुग्न थालेका छन्। चुनावको मिति घोषणासँगै कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, र बैठकलाई तीव्रता दिएका हुन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दलबहादुर मलासीले डोटीमा एक लाख २४ हजार १४ मतदाता रहेको जानकारी दिए।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ११ : ०१ बजे

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास

खोटाङ – जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

पर्सा – गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा

बुढासुब्बा गोल्डकप : शनिबार फाइनल खेल हुने

धरान – धरानमा गत माघ २२ गतेदेखि जारी अन्तरराष्ट्रिय आमन्त्रण

झापा ५ मा एकै पटक सयौं एमाले कार्यकर्ता जनताका घरघरमा

झापा – नेकपा एमालेले आजदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५

सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता

जेनेभा – यस वर्ष पाकिस्तान र इरानबाट करिब एक लाख