फाइल तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

युक्रेनमाथिको आक्रमण कहिले रोकिन्छ ? रुसी अधिकारी यसो भन्छन्

By खबरहब

April 21, 2022

काठमाडौं- अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् ।

रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम तासलाई दिएको अन्तरवार्तामा उनले योजनाअनुसार नै युक्रेनमा रुसी सैनिक कारवाही अघि बढेको उल्लेख गरे ।

‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त हुनेछ । डोनबासको जनसंख्याको संरक्षण, युक्रेनको निशस्त्रीकरण र अनाजीकरण र नेटो देशहरूले कब्जा गरेको युक्रेनी भूभागबाट रुसलाई आउने खतराको अन्त्य ती कार्य हुन्’ उनले भने ।

नेटोले युक्रेनी भूभागबाट रुसलाई कसरी धम्क्याएको छ भन्ने बारेमा उनले कुनै विवरण दिएनन् ।

गत फेब्रुअरी २४ यता रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । युद्धको सुरुआती चरणमा राजधानी किभ कब्जा गर्न नसकेपछि हाल रुसी फौजको कारवाही पूर्वी युक्रेनतर्फ केन्द्रित रहेको छ ।