‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक (भिडियो) « Khabarhub

‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक (भिडियो)


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निराजन प्रधान र मिरुना मगर जोडी बाँधिएको म्युजिक भिडियो ‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक भएको छ ।

राजेश पुमा राईको निर्देशन रहेको गीतमा चियाबारीका सुन्दर दृश्यमा मायाको कुरा गरेका छन् । राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतलाई सुमन योञ्जनले लेखेका हुन् । युगल गीतका लागि राजनराज सिवाकोटीलाई दीपा लामाले साथ दिएकी छिन् ।

भिडियोमा निराजन र मिरुनाको केमेस्ट्री सुन्दर देखिएको छ । निराजन म्युजिक भिडियोबाट फिल्म तर्फ आइसकेका छन् भने मिरुनाले फिल्मपछि बल्ल म्युजिक भिडियो खेल्न थालेकी हुन् ।

कमल राईले कोरियोग्राफी गरेको गीतमा दुवैले सुन्दर नृत्य गरेका छन् । गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १२ : २० बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी