संघर्षले माझिएका 'कर्णराज' | Khabarhub Khabarhub

संघर्षले माझिएका ‘कर्णराज’


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नाम– कर्णराज गिरी, पेशा-ट्याक्सी चालक, ठेगाना–सर्लाही र सपना– सांगीतिक आकाशमा चम्किने । गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ मा आउनुअघि उनको परिचय यतिमै सीमित थियो भन्दा हुन्छ ।

No description available.

काठमाडौँको भीडमा सामान्य ट्याक्सी चालकको परिचय बनाएका उनको जिन्दगी तब बदलियो, जब उनी ‘द भ्वाइस अफ नेपाल’ को मञ्चमा उभिए । त्यसपछि सांगीतिक उडान भरिरहेका कर्णको संघर्षको ‘कथा भित्रको कथा’ फरक छ । उनले यो पहिचान बनाउन गरेको संघर्षमा टिक्न सहज छैन । बाल्यकालमा रेडियो नेपाल सुन्दै जति चोट दिन्छौ देउ मायालु , हजार आँखा हेर्ने , पर्खी बसे लगायतका गीत गुनगुनाउँदै हुर्किएका कर्ण उनका दाइको कारण संगीतमा आकर्षित भए ।

No description available.

घरमा उनको सांगीतिक माहोल थियो । उनका साईला दाइ यज्ञराज गिरी गीत गाउँथे । त्यही देखेर कर्णले गीत गाउन थालेका हुन् । उनका साईला दाइले स्वास्थ्यमा समस्या आएपछि गायनलाई निरन्तरता दिन सकेनन् । त्यसपछि त्यो सपना कर्णमा देख्न थाले । विस्तारै दाइको सपनानै कर्णको सपना बन्यो । ‘स्कुले जीवनमै म काठमाडौँ आएको थिए । पढाइ छाडेर गायनकै लागि आएको थिए । तर, एक हप्ता पनि यहाँ टिक्न सकिन’ उनले सम्झिए ।

No description available.

घरको कान्छा छोरा भएकाले कर्णलाई काठमाडौंमा काम गर्न सहज भएन । किराना पसलमा समान दिने काम उनले पाएका थिए । ‘१३ वर्षे उमेरमै किरानाको सामना उठाउनु पर्ने, पुर्‍याउनुपर्ने भएकाले पनि म काममा टिक्न सकिन’ उनले भने । त्यसपछि कर्णले पढ्ने सोच बनाएर गाउँ नै फर्किए ।

तर , उनको उद्देश्य संगीत थियो । त्यसैले पढाइमा मन कहाँ लाग्थ्यो र १ फेरी फर्किए काठमाडौँ। ‘म आएर ड्राइभिङ सिके । सुरुमा ट्रकको सह चालक बनेर गाडी सिके । १५ वर्षको उमेरमा नै त्यो काम सिक्दै गर्दा डेढ महिनामै काम छोडेर घर पुगे’ कर्णले भने । उनले घर पुगेर पुनः अध्ययन गर्न सुरु गरे । यो क्रम उनको जीवनमा धेरै पटक भयो । काठमाडौँ आउने र दु:ख पाएपछि घर फर्किने अनि संगीत सुनेपछि पुनः काठमाडौँ आउने क्रम चलिरह्यो ।

घरका कान्छा छोरा भएकाले उनले नत संगीतलाई नै छाड्न सके नत दु:ख नै झेल्न । यद्यपि उनले संगीतको महत्व त्यतिबेला बुझें जतिबेला उनलाई बिरामी आमाले ऋण काढेर पैसा दिएर काठमाडौँ पठाइन् । ‘जा आफ्नो सपना पुरा गर । गायक बन भनेर आमाले मलाई पैसा दिनुभयो’ कर्णले सम्झिए । त्यसबेला गाउँबाट काठमाडौा चल्ने नाइट बस चढेर आएका कर्णको आँखा यात्राभर रसाए । काठमाडौँ आएपछि चिनेजानेका साथीहरुले बरु ट्याक्सी चलाएर संगीत सिक्नका लागि समय निकाल्न सकिने सल्लाह दिएपछि उनले ड्राइभिङ सिक्न थाले ।

ड्राइभिङ सिकेपछि उनले साहुको ट्याक्सी चलाउन थाले । ट्याक्सी चलाउँदा पनि उनको संगीतप्रतिको लगाव र मोह यथावत नै रह्यो । ‘रातभर ट्याक्सी चलाउँदाको आफ्नै छुटै अनुभव छ । कहिँले पैसा नदिएर भागेका छन् भने कहिँले बढी पनि पाएको छु’ कर्णले भने । टयाक्सी गुडाउँडा पनि प्राय गुनगुनाउँदै गर्ने कर्णलाई एक व्यक्तिले केहि बक्सिस पनि दिएका थिए । ‘मेरो आवाज मन पर्यो भनेर मलाई पाँच सय बढी दिनु भयो । म निकै खुशी भए’ उनले भने । दिउँसो संगीतलाई समय दिने भएकाले कर्णले कहीले काहीँ ट्याक्सी सामान्य ठोकाएका समेत छन् । ‘दिउँसो पूर्ण रुपमा निदाउन नपाएपछि कहिँले काही बेलुकी ट्याक्सी गुडाउँदा ठोकिएको समेत छ । किनकी चलाउदा चलाउदै निदाउने रहेछु’ कर्णले भने ।

रातमा टयाक्सी चलाएर दिनमा संगीतलाई समय दिन थालेका कर्ण भ्वाइस अफ नेपालको तेस्रो संस्करणमा अडिसनमा पुगे । त्यो मञ्चले उनलाई ट्याक्सी चालक कर्णराजबाट गायक कर्णराज बनायो । त्यसपछि उनले टयाक्सी गुडाउन छाडेर आफ्नो सपनालाई पुरा गर्न लागिरहेका छन् । उनी गीत गाइरहेका छन्, संगीतमा रमाइरहेका छन् । यो अवधिमा करिब डेढ दर्जन बढी गीत गाइसकेका छन् । यतिबेला प्राय महोत्सवमा पुग्ने कर्ण खुशी छन् । तर, दुखेसो पनि छ ।

उनलाई गीतसंगीतमा सफल भएको उनको आमाले हेर्न पाइनन् । काठमाडौँमा ब्लाइण्ड अडिसन दिइरहेको बेला उनकी आमा भेन्टिलेटरमा मृत्युसँग लडिरहेकी थिइन् । सफलतातिर पाइला लम्किँदै गर्दा आमालाई यो सब देखाउन नसकेकोमा उनलाई पछुतो छ । ‘आमा र मेरो एक मात्रै सपना थियो, कर्णले गायक बन्नुपर्छ’ कर्ण भन्छन् । संगीतकै कारण आमासँग अन्तिम समयमा समेत साथ् रहन पाएनन्, कर्णले भने ।

‘भ्वाइस अफ नेपाल’ को प्रतियोगीकै रुपमा रहँदा एकदिन आमाले संसार छाडिन् । त्यो समयलाई उनले शब्दमा व्यक्त गर्न सक्दैनन् । आमाको कुरा गर्दा नै भावुक हुने कर्ण त्यो समयमा रियालिटी शोको क्लोज-क्याम्पमा थिए । आमाको मृत्युको शोकमा रहेका बेला पनि उनले संगीतप्रतिको लगावलाई मर्न दिएनन् । भ्वाइस अफ नेपालको स्टेजमा उनले गीत गाइरहे । आमाले संसार छोड्ने बेला कर्ण साथमा थिएनन् । उनलाई यसमा पनि निकै पछुतो छ । आमाले कर्ण संगीतमा आफ्नो भविष्य देखिरहेकाले खबर नगर्नु भनेकी थिइन् ।

कर्णलाई आमाले संसार छाडेको केहि समयपछि मात्र थाहा भयो । आमाले जादाजादै ‘कर्णलाई संगीतमै लाग्न भन्नु है’ भनेकी थिइन् । त्यसैले आमाले संसार छाडेपनि कर्णले स्टेज छाडेनन् । आमाको सपना पुरा गर्न गीत गाए । ‘द भ्वाइस अफ नेपाल’ को स्टेजबाट बिदा भएपछि उनले ‘आमा’ नाममा गीत निकालेर आमालाई समर्पित गरिसकेका छन् । अब उनको सपना नै संगीत भएको छ । किनकी अब उनले आफ्नो सफलतामा आफ्नो मात्र नभई आमाको विश्वास र दाइको सपनालाई पाएका छन् ।

त्यसैले उनको गन्तव्य संगीत मात्र छ । ‘सर्लाहीको सामान्य ठिटोलाई गायक बनाएर सपनाको दुनियाँ संगीतमा स्थापित गराएको छ’ कर्ण भन्छन् । उनले काठमाडौँमा पेटका लागि गर्नुपरेको संघर्ष र भोग्नुपरेको सास्तीबाट पार पाएका छन् । यद्यपि उनले सांगीतिक क्षेत्रमा भने संघर्ष गर्नु त छँदैछ । सफलतालाई बढाउनु छ र आमाको विश्वाससँगै दाइले देखेको सपना गन्तव्यमा पुर्याउनु छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  २ : १४ बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।