रुसद्वारा नयाँ अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण, दुश्मनलाई सोच्न बाध्य बनाउने पुटिनको टिप्पणी « Khabarhub

रुसद्वारा नयाँ अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण, दुश्मनलाई सोच्न बाध्य बनाउने पुटिनको टिप्पणी


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथिको आक्रमण जारी रहँदा रुसले आणविक हतियार बोक्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । रुसको सुदूर उत्तर पश्चिममा रहेको प्लेसेत्स्क कस्मोड्रोमबाट प्रक्षेपण गरिएको ‘सर्माट’ नामक क्षेप्यास्त्रले ६ हजार किलोमिटर टाढा सुदूर पूर्वी रुसको कामचत्का प्रायद्वीपमा लक्षित निशानामा प्रहार गरेको जनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधनमार्फत क्षेप्यास्त्र परीक्षणको पुष्टि गरेका हुन् । उनले परीक्षण सफल भएकोमा रुसी सेनालाई बधाई समेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘म सर्माट अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेकोमा तपाईँहरूलाई बधाई दिन्छु ।’ टेलिभिजन सम्बोधनमा पुटिनले भने ।

‘यो निकै अद्वितीय हतियारले हाम्रो सैन्यबलको लड्ने क्षमतालाई वृद्धि गर्नेछ, बाहिरी खतराबाट रुसलाई विश्वसनीय सुरक्षा प्रदान गर्नेछ र आक्रामक बयानबाजीको उत्कर्षमा रहेका केहीलाई हाम्रो मुलुकविरुद्ध धम्की दिनुअघि सोच्न बाध्य बनाउनेछ ।’ उनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘यो नयाँ हतियारमा सबैभन्दा उच्च स्तरको सामरिक र प्राविधिक विशेषता छन् र सबै किसिमका क्षेप्यास्त्रभेदी प्रणालीलाई परास्त गर्न सक्षम छ ।’ पुटिनले भने ।

गत फेब्रुअरी २४ मा पुटिनले टेलिभिजन सम्बोधनमार्फत युक्रेनमाथि आक्रमणको घोषणा गरेका थिए । युक्रेनमाथि आक्रमण जारी रहेको प्रारम्भिक चरणमा पुटिनले आफ्नो मुलुकको आणविक बललाई तैनाथ रहन निर्देशन दिएका थिए ।

त्यसयता युक्रेनमा जारी आक्रमणको सन्दर्भमा आणविक हतियारको प्रयोग गर्नसक्ने चिन्तामाझ रुसले नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो ।

यद्यपि समार्ट क्षेप्यास्त्र रुसी सेनामा प्रवेश गर्न अझै केही समय लाग्ने जनाइएको छ । अझ केही परीक्षण पछि यही वर्षको ‘शरद ऋतु’ मा रुसी सेनामा यो क्षेप्यास्त्र प्रवेश गर्ने रुसको रोस्कोस्मोस अन्तरिक्ष निकायका प्रमुख दिमित्री रोगोजिनलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १ : २६ बजे

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँ : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह