अक्षयले मागे फ्यानसँग माफी « Khabarhub

अक्षयले मागे फ्यानसँग माफी


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता अक्षय कुमारले फ्यानहरुसँग माफी मागेका छन् ।

आफ्नो स्वास्थ्य र अनुशासित जीवनशैलीका कारण चर्चामा आउने अक्षयले एक सुर्तीजन्य पदार्थको विज्ञापनमा अभिनय गरेपछि फ्यानहरुले सोसल मिडियामा प्रश्न उठाएका थिए । आफ्नो फ्यानहरुलाई सुर्तीजन्य पदार्थ सेवन गराउन विज्ञापनमा अभिनय गरेको आरोप लागेपछि अक्षयले सामाजिक सञ्जाल मार्फत माफी मागेका छन् ।

उनले आफूलाई प्राप्त प्रतिक्रियालाई सम्मान गर्ने बताउँदै आउँदा दिनमा त्यसको कदर गर्ने उल्लेख गरेका छन् । ‘मलाई प्राप्त प्रतिक्रियाको सम्मान गर्दछु । यद्यपि म सम्झौतामा बाँधिएको छु । मेरो विज्ञापनको प्रयोग मैले गरेको सम्झौताको समयसम्म हुनेछ ।यद्यपि मलाई उक्त विज्ञापनबाट प्राप्त रकमलाई म सामाजिक कार्यमा खर्चिने छु’ अक्षयले उल्लेख गरेका छन् ।

अक्षयले आफू स्वास्थ्यलाई हानी गर्ने सुर्तीजन्य पदार्थहरु सेवन नगर्ने समेत बताएका छन् । अक्षय मात्र होइन बलिउडका अधिकांश सेलेब्सले उनको स्वास्थ्य जीवनशैलीको प्रचार गर्ने गरेका छन् । अक्षयले एक इभेन्टमा आफूले हरेक दिन सूर्यलाई उदाउँदै गरेको देख्ने बताएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  २ : ५० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका