अक्षयले मागे फ्यानसँग माफी « Khabarhub

अक्षयले मागे फ्यानसँग माफी


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता अक्षय कुमारले फ्यानहरुसँग माफी मागेका छन् ।

आफ्नो स्वास्थ्य र अनुशासित जीवनशैलीका कारण चर्चामा आउने अक्षयले एक सुर्तीजन्य पदार्थको विज्ञापनमा अभिनय गरेपछि फ्यानहरुले सोसल मिडियामा प्रश्न उठाएका थिए । आफ्नो फ्यानहरुलाई सुर्तीजन्य पदार्थ सेवन गराउन विज्ञापनमा अभिनय गरेको आरोप लागेपछि अक्षयले सामाजिक सञ्जाल मार्फत माफी मागेका छन् ।

उनले आफूलाई प्राप्त प्रतिक्रियालाई सम्मान गर्ने बताउँदै आउँदा दिनमा त्यसको कदर गर्ने उल्लेख गरेका छन् । ‘मलाई प्राप्त प्रतिक्रियाको सम्मान गर्दछु । यद्यपि म सम्झौतामा बाँधिएको छु । मेरो विज्ञापनको प्रयोग मैले गरेको सम्झौताको समयसम्म हुनेछ ।यद्यपि मलाई उक्त विज्ञापनबाट प्राप्त रकमलाई म सामाजिक कार्यमा खर्चिने छु’ अक्षयले उल्लेख गरेका छन् ।

अक्षयले आफू स्वास्थ्यलाई हानी गर्ने सुर्तीजन्य पदार्थहरु सेवन नगर्ने समेत बताएका छन् । अक्षय मात्र होइन बलिउडका अधिकांश सेलेब्सले उनको स्वास्थ्य जीवनशैलीको प्रचार गर्ने गरेका छन् । अक्षयले एक इभेन्टमा आफूले हरेक दिन सूर्यलाई उदाउँदै गरेको देख्ने बताएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  २ : ५० बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का