अछामका ५५ मतदानस्थल अति संवेदनशीलको सूचीमा « Khabarhub

अछामका ५५ मतदानस्थल अति संवेदनशीलको सूचीमा


८ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामले स्थानीय तह निर्वाचन लक्षित सुरक्षा रणनीति तयार पारेको छ ।

निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना निर्माण गरेको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिए ।

सुरक्षा समन्वय समिति अछामले ५५ मतदानस्थललाई ‘अति संवेदनशील’ को सूचीमा राखेको छ। यस्तै, एक सय ३० मतदानस्थलमध्ये सुरक्षाका हिसाबले ५४ संवेदनशील र २१ सामान्य रहेको (प्रजिअ) मरासेनीले बताए ।

विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता तथ्यलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो । सोहीअनुसार सुरक्षा निकाय परिचालन हुनेछन् । मतदान केन्द्र, मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुनेगरी सुरक्षा योजना तयार गरिएको छ ।

मतदान स्थलमा एक हजार चार सय ९० म्यादी प्रहरी परिचालन हुनेछन् । कमलबजार, मंगलसैन र साँफेबगर नगरपालिकामा नेपाली सेनाको बेसक्याम राखिने (प्रजिअ) मरासेनीले बताए । यस्तै, सुरक्षाका दृष्टिकोणले एक निर्वाचनस्थलमा कम्तिमा आठ र बढी १५ जना प्रहरी परिचालन र नगरपालिका दुई र गाउँपालिकामा तीन सशस्त्र प्रहरी मोबाइल टोली खटाइने छ ।

चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको अछाममा दुई सय सात वटा मतदान केन्द्र छन् । यहाँ एक लाख ५६ हजार दुई सय ८० मतदाता छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  २ : ५९ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले