अछामका ५५ मतदानस्थल अति संवेदनशीलको सूचीमा « Khabarhub

अछामका ५५ मतदानस्थल अति संवेदनशीलको सूचीमा


८ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामले स्थानीय तह निर्वाचन लक्षित सुरक्षा रणनीति तयार पारेको छ ।

निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना निर्माण गरेको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिए ।

सुरक्षा समन्वय समिति अछामले ५५ मतदानस्थललाई ‘अति संवेदनशील’ को सूचीमा राखेको छ। यस्तै, एक सय ३० मतदानस्थलमध्ये सुरक्षाका हिसाबले ५४ संवेदनशील र २१ सामान्य रहेको (प्रजिअ) मरासेनीले बताए ।

विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता तथ्यलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो । सोहीअनुसार सुरक्षा निकाय परिचालन हुनेछन् । मतदान केन्द्र, मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुनेगरी सुरक्षा योजना तयार गरिएको छ ।

मतदान स्थलमा एक हजार चार सय ९० म्यादी प्रहरी परिचालन हुनेछन् । कमलबजार, मंगलसैन र साँफेबगर नगरपालिकामा नेपाली सेनाको बेसक्याम राखिने (प्रजिअ) मरासेनीले बताए । यस्तै, सुरक्षाका दृष्टिकोणले एक निर्वाचनस्थलमा कम्तिमा आठ र बढी १५ जना प्रहरी परिचालन र नगरपालिका दुई र गाउँपालिकामा तीन सशस्त्र प्रहरी मोबाइल टोली खटाइने छ ।

चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको अछाममा दुई सय सात वटा मतदान केन्द्र छन् । यहाँ एक लाख ५६ हजार दुई सय ८० मतदाता छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  २ : ५९ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार