नेप्से ४.९४ अंकले बढ्यो « Khabarhub

नेप्से ४.९४ अंकले बढ्यो


८ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेयर बजार नेप्सेमा बिहीबार सामान्य सुधार भएको छ । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ४ दशमलव ९४ अंकले सुधार भएको हो ।

नेप्से परिसूचक २३ सय २५ दशमलव ४५ अंक र  सेन्सेटिभ इन्डेक्स २ दशमलव ६ अंकले बढेर चार सय ४३ दशमलव १४ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६२ करोड ९१ लाख ६२ हजार आठ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।  नेप्सेमा बुधबार ३६ दशमलव ७३ अंकले गिरावट आएको थियो भने एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस्तै, मंगलबार नेप्से १३ दशमलब ६७ अंकले बढेको थियो । झिनो सुधार आए सेयर बजारमा एक सय १२ कम्पनीका सेयरधनीले नाफा कमाएका छन भने एक सय तीन कम्पनीका सेयरधनीले गुमाए । बजारमा दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा सूचीकृत भएसँगै सकारात्मक सर्किट लागेका जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेञ्चर लिमिटेडको सेयर मूल्यमा बिहीबार पनि १० प्रतिशत बढेर कारोबार भएको छ ।

सर्किट लागेको जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६४ रुपैयाँ बढेर सात सय नौ रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको सेयर ३२ रुपैयाँ बढेर तीन सय आठ रुपैयाँ पुगेको छ ।  नेप्सेमा बिहीबार नेस्डो लघुवित्त, नबिल बैंक, सूर्य लाईफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ४ : ५१ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको