मारिउपोल जितेको पुटिनको दाबी « Khabarhub

मारिउपोल जितेको पुटिनको दाबी


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको मारिउपोल शहरमा आफ्ना सैनिक विजयी भएको दाबी गरेका छन् । रक्षामन्त्री सर्गेई सोइगुसँग टेलिभिजनमा प्रसारित भेटवार्ताका क्रममा पुटिनले यस्तो दाबी गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार झण्डै दुई महिना लामो रुसी घेराबन्दीमा परेको मारिउपोल शहरलाई ‘मुक्त गरेको’ पुटिनले दाबी गरेका हुन् ।

उक्त शहरको अधिकांश क्षेत्र रुसी फौजको नियन्त्रणमा पुगेको भएपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने रुसी र युक्रेनी फौजबीच भीषण लडाइँहरू भइरहेको बताइएको छ ।

यता रक्षामन्त्रीसँगको भेटवार्ताका क्रममा पुटिनले भने उक्त क्षेत्रमा आक्रमण गर्नुको आवश्यकता नरहेको बताए । ‘म औद्योगिक क्षेत्रमा प्रस्तावित आक्रमण अनावश्यक देख्छु ।’ उनले रक्षामन्त्री सोइगुसँग भने, ‘यो रद्द गर्न म तपाईंलाई निर्देशन दिन्छु ।’

‘यस्ता केटाकुम्ब (भूमिगत चिहानघारी) मा चढ्नु र औद्योगिक क्षेत्रमा भूमिगत भएर घिस्रिन आवश्यक छैन ।’ उनले भने, ‘झिँगा पनि उम्किन नसक्नेगरी यसलाई बन्द गर्नुहोस् ।’

सोइगुका अनुसार मारिउपोलको युक्रेनी फौज नियन्त्रित क्षेत्रमा अझै २ हजार युक्रेनी सैनिक छन् । पुटिनले ती युक्रेनी फौजलाई आत्मसमर्पण गर्न समेत आग्रह गरे । आत्मसमर्पण गरेको खण्डमा रुसले उनीहरूको इज्जत गर्ने बताए ।

रोयटर्सले जनाएअनुसार युक्रेनी रक्षामन्त्रालयकी प्रवक्ताले पुटिनको भनाइले उनको ‘बौलाहा प्रवृत्ति’ उजागर गरेको टिपप्णी गरिन् । यसबाहेक युक्रेनी पक्षबाट यसबारे कुनै प्रतिक्रिया नआएको जनाइएको छ ।
 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ५ : ०७ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय