एनएमबि बैंकद्वारा प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा « Khabarhub

एनएमबि बैंकद्वारा प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा गरेको छ  ।

यो योजना वैशाख २ देखि सुरु भएको र असार ३२ सम्म लागू हुने बताइएको छ । बैंकले प्रदेश १ को लागि पाथिभरा व्यवसायिक कृषि कर्जा, मधेस प्रदेशको लागि मधेस व्यवसायिक कृषि कर्जा, बागमती प्रदेशको लागि स्मार्ट कृषि कर्जा, गण्डकी प्रदेशको लागि गण्डकी व्यवसायिक कृषि कर्जा, लुम्बिनी प्रदेशको लागि बुद्धभूमि व्यवसायिक कृषि कर्जा, कर्णाली प्रदेशको लागि कर्णाली व्यवसायिक कृषि कर्जा र सुदूर पश्चिम प्रदेशको लागी सुदूर पश्चिम व्यवसायिक कृषि कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तरगत बैंकले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन  गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशासनिक शुल्कमा सहुलियत, डेविट कार्डमा सहुलियत, बिमा तथा क्रेडिट कार्ड सुविधा जस्ता आकर्षण थपेको छ ।

ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा, एनएमबि बैंकले कृषि फाईनान्सिङ्गलाई प्राथमिकता दिदैँ आइरहेको छ र यो दिगो व्यवसायका लागि बैंकको रणनीतिक स्तम्भहरू मध्ये एक हो । दीर्घकालीन रणनीतिक उद्देश्य अनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आइरहेको छ ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट  बैंकको उपाधि‘ बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ६ : ०३ बजे

दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम्

ड्रोनबाट यस्तो देखियो बालाजु स्थित सुकुम्वासी बस्ती (तस्बिरहरू)

काठमाडौं– बालाजुस्थित सुकुम्वासी बस्ती खाली गरिँदै छ ।  सरकारले भोलि

सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त : प्रदेश प्रमुख कर्ण

महेन्द्रनगर– मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले सुशासन र

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयद्वारा विज्ञसँग छलफल

काठमाडौं– बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी