एनएमबि बैंकद्वारा प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा | Khabarhub Khabarhub

एनएमबि बैंकद्वारा प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा गरेको छ  ।

यो योजना वैशाख २ देखि सुरु भएको र असार ३२ सम्म लागू हुने बताइएको छ । बैंकले प्रदेश १ को लागि पाथिभरा व्यवसायिक कृषि कर्जा, मधेस प्रदेशको लागि मधेस व्यवसायिक कृषि कर्जा, बागमती प्रदेशको लागि स्मार्ट कृषि कर्जा, गण्डकी प्रदेशको लागि गण्डकी व्यवसायिक कृषि कर्जा, लुम्बिनी प्रदेशको लागि बुद्धभूमि व्यवसायिक कृषि कर्जा, कर्णाली प्रदेशको लागि कर्णाली व्यवसायिक कृषि कर्जा र सुदूर पश्चिम प्रदेशको लागी सुदूर पश्चिम व्यवसायिक कृषि कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तरगत बैंकले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन  गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याज दर, प्रशासनिक शुल्कमा सहुलियत, डेविट कार्डमा सहुलियत, बिमा तथा क्रेडिट कार्ड सुविधा जस्ता आकर्षण थपेको छ ।

ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा, एनएमबि बैंकले कृषि फाईनान्सिङ्गलाई प्राथमिकता दिदैँ आइरहेको छ र यो दिगो व्यवसायका लागि बैंकको रणनीतिक स्तम्भहरू मध्ये एक हो । दीर्घकालीन रणनीतिक उद्देश्य अनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आइरहेको छ ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट  बैंकको उपाधि‘ बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ६ : ०३ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु