रेशम चौधरी निर्दोष छन् : अध्यक्ष प्रचण्ड « Khabarhub

रेशम चौधरी निर्दोष छन् : अध्यक्ष प्रचण्ड


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् ।

एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । तर, बिहीबार कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने रेशम निर्दोष रहेको बताएका हुन् ।

माओवादी केन्द्रले कैलालीको गौरीगंगा नगरपालिका स्थित मसुरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘रेशम चौधरीको टिकापुर घटनामा कुनै संलग्नता छैन, उनी निर्दोष छन्, तर उनलाई फसाइएको छ ।’

स्थानीय तह निर्वाचनको मुखमा प्रचण्डले रेशम निर्दोष रहेको भन्दै थारु मतदातालाई प्रभावित पार्न खोजेका हुन् । तर माओवादी केन्द्रकै समर्थनमा बनेको सरकार भने सरकार गठन भएको १० महिना सम्म पनि सो विषयमा मौन छ ।

अध्यक्ष प्रचण्डले रेशम चौधरी निर्दोष रहेको भन्दै उनका विषयमा एक दुई दिनमै सरकारसँग गम्भीर रुपमा छलफल गर्ने बताए । ‘घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘दोस्रो चोटि प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई मैले नयाँ दिल्लीमा भेटेको थिएँ, त्यतिबेला मिडियामा ठूलो आलोचना भएको थियो, मैले रेशमलाई भेट्न नहुने केही कारण छैन, मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु भित्र पनि भेट्न सक्छु ।’

बुधबार मात्रै आफ्नो सचिवालयमार्फत रेशम चौधरीसँग कुरा भएको बताउँदै प्रचण्डले रेशमको समस्या समाधान गर्न सरकारसँग एक, दुई दिनमै गम्भीर रुपमा कुरा हुने बताए । उनले टिकापुर घटनाले ठूलो असर पारेको बताए ।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकार गठन हुँदा टिकापुर घटनाका बारेमा सरकारले अध्ययन गरेको ‘लाल आयोग’ को प्रतिवेदन सार्वजनिक गर्ने घोषणा गरेको थियो । तर अहिले सम्म आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ६ : २४ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा