केकीले रोजिन जीवन साथीका रुपमा रोहित « Khabarhub

केकीले रोजिन जीवन साथीका रुपमा रोहित


८ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री केकी अधिकारीले गुपचुप विवाह ग​रेकी छिन ।

No description available.

आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन पछि नपर्ने कलाकारहरुको भिडमा केकी भने आफ्नो सम्बन्धलाई गोप्य राख्ने अभिनेत्रीमा पर्छिन् । यसैले गर्दा पनि उनको विवाहको खबर सहकर्मीलाई समेत पूर्णरुपमा जानकारी छैन ।

No description available.

केकीले रोजेकी जीवनसाथी व्यवसायी रोहित तिवारी हुन् । केकी र रोहित केही समयदेखि प्रेममा थिए । केकीका श्रीमान् रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् । यद्यपि उनको विवाह भएको हो वा होइन भन्नेमा उनकै निकटतम साथीहरु पनि विश्वस्त छैनन् ।

साँझ देखि विवाह भएको खबरकै बीच केकीको मेहन्दी कार्यक्रमको तस्वीर सार्वजनिक भएको छ । यो तस्वीर आजको हो वा हिजो को ? यो अझै खुल्न सकेको छैन । उनको नजिककी एक साथीले उनीहरुको आज मेहन्दी भएको र भोलि विवाह हुने बताएकी थिइन् ।’हिजो केकी एक समारोहमा नै थिइन् । यद्यपि तयारी केही समय यता चलेको थियो । तर, मैले थाहा पाएसम्म विवाह भोलि हो’ उनले भनिन् । यद्यपि फिल्मनगरीमा केकीले सानो जमघटका बीच रोहितसँग लगनगाँठो कसेको चर्चा छ ।

No description available.

फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै सार्वजनिक रुपमा आउन नदिन केकीले सावधानी अपनाउने गरेकी छिन् । प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रिटीको ‘प्राइभेसी’ भित्र पर्छन् भन्ने मान्यता राख्ने केकीले विवाह गरेकी छिन् ।

अभिनेत्री अधिकारीले एउटा स्टाटस लेख्दै भनेकी छिन् ‘आजका दिन सम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौँ।’

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ८ : ०३ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ