केकीले रोजिन जीवन साथीका रुपमा रोहित « Khabarhub

केकीले रोजिन जीवन साथीका रुपमा रोहित


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री केकी अधिकारीले गुपचुप विवाह ग​रेकी छिन ।

No description available.

आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन पछि नपर्ने कलाकारहरुको भिडमा केकी भने आफ्नो सम्बन्धलाई गोप्य राख्ने अभिनेत्रीमा पर्छिन् । यसैले गर्दा पनि उनको विवाहको खबर सहकर्मीलाई समेत पूर्णरुपमा जानकारी छैन ।

No description available.

केकीले रोजेकी जीवनसाथी व्यवसायी रोहित तिवारी हुन् । केकी र रोहित केही समयदेखि प्रेममा थिए । केकीका श्रीमान् रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् । यद्यपि उनको विवाह भएको हो वा होइन भन्नेमा उनकै निकटतम साथीहरु पनि विश्वस्त छैनन् ।

साँझ देखि विवाह भएको खबरकै बीच केकीको मेहन्दी कार्यक्रमको तस्वीर सार्वजनिक भएको छ । यो तस्वीर आजको हो वा हिजो को ? यो अझै खुल्न सकेको छैन । उनको नजिककी एक साथीले उनीहरुको आज मेहन्दी भएको र भोलि विवाह हुने बताएकी थिइन् ।’हिजो केकी एक समारोहमा नै थिइन् । यद्यपि तयारी केही समय यता चलेको थियो । तर, मैले थाहा पाएसम्म विवाह भोलि हो’ उनले भनिन् । यद्यपि फिल्मनगरीमा केकीले सानो जमघटका बीच रोहितसँग लगनगाँठो कसेको चर्चा छ ।

No description available.

फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै सार्वजनिक रुपमा आउन नदिन केकीले सावधानी अपनाउने गरेकी छिन् । प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रिटीको ‘प्राइभेसी’ भित्र पर्छन् भन्ने मान्यता राख्ने केकीले विवाह गरेकी छिन् ।

अभिनेत्री अधिकारीले एउटा स्टाटस लेख्दै भनेकी छिन् ‘आजका दिन सम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौँ।’

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ८ : ०३ बजे

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा