महिला गोल्डकप फुटबल: फाइनलमा पुलिस र एपीएफ भिड्ने | Khabarhub Khabarhub

महिला गोल्डकप फुटबल: फाइनलमा पुलिस र एपीएफ भिड्ने


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आयोजक वनदेबी युवा क्लबलाई ३-० अन्तरले पराजित गर्दै विभागीय टोली पुलिस फाइनलमा प्रवेश गरेको हो ।

बुधबार जितसँगै पुलिसले उपाधिका लागि अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ ।

पुलिसलाई फाइनलमा पुर्‍याउनका लागि निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरिन् ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्‍यो । खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाइन् ।

५६ औँ मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको ६५ औँ मिनेटमा निर्मलाले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई तीन गोलको स्पष्ट अग्रता दिलाइन् ।

त्यसपछि कुनै पनि टीमले गोल गर्न सकेन ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक प्लेयर अफ द म्याच भइन् । उनले नगद ५ हजारसहित ट्रफी पाइन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ९ : २६ बजे

शैक्षिक सुधार अपरिहार्य रहेकोमा जोड

तनहुँ– नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा

चिसो मौसममा हुने छालाको एलर्जी र बच्ने उपाय

चिसो मौसममा छालाको समस्याले धेरैलाई सताउने गर्दछ। यो समस्या चिसो

व्यावसायिक रुपमा सफल बलिउडका चार निर्देशक

काठमाडौँ– बलिउडमा आफ्ना फिल्म ‘पाँच सय करोड क्लब’मा प्रवेश गराउँने

हात्तीको प्रतीक घरमा राख्दा फाइदै फाइदा

आफू बस्ने घर सफा र सुन्दर बनाउने सबैको चाहना हुन्छ

आजको मौसम कस्तो छ ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल