मधेश प्रदेशबाट साढे ७९ हजार परीक्षार्थीले एसईई दिने « Khabarhub

मधेश प्रदेशबाट साढे ७९ हजार परीक्षार्थीले एसईई दिने


८ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– शुक्रबारबाट एसईईको परीक्षा सञ्चालन हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि हुनेछ ।

मधेश प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरका अनुसार यस पटक एसईईमा मधेश प्रदेशमा ७९ हजार ४०९ परीक्षार्थी रहेका छन् ।

शिक्षा विकास निर्देशानालयका अनुसार सप्तरीमा ९ हजार ३२, सिरहामा १० हजार ६३४, धनुषामा १३ हजार ६२८, महोत्तरीमा ८ हजार ७५८, सर्लाहीमा १० हजार ४२१, रौतहटमा ९ हजार ५७, बारामा ८ हजार ८२४ र पर्सामा ९ हजार ५५ परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् ।

त्यसैगरी,  सप्तरीमा ३६, सिरहामा ४१, धनुषामा ४३, महोत्तरीमा ३०, सर्लाहीमा ३६, रौतहटमा ३१, बारामा ३२ र पर्सामा २५ वटा परीक्षा केन्द्र तोकिएको निर्देशनालयका निर्देशक चुडामणि फुयालले जानकारी दिए । परीक्षालाई मर्यादित  र व्यवस्थित बनाउन ७ हजार १६६ जना कर्मचारी खटाइएको उनले जानकारी दिए ।

परीक्षाको आवश्यक तयारी भइसकेको बताउँदै उनले भने, ‘सबै परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, उत्तर पुस्तिका, प्रश्नपत्र गइसकेको छ । परीक्षार्थी सिटको लेबल पनि सबै ठाउँमा लागिसकेको होला । अब शान्तिपूर्ण वातावरणमा परीक्षा हुन्छ ।’

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ११ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको