मधेश प्रदेशबाट साढे ७९ हजार परीक्षार्थीले एसईई दिने | Khabarhub Khabarhub

मधेश प्रदेशबाट साढे ७९ हजार परीक्षार्थीले एसईई दिने


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– शुक्रबारबाट एसईईको परीक्षा सञ्चालन हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि हुनेछ ।

मधेश प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरका अनुसार यस पटक एसईईमा मधेश प्रदेशमा ७९ हजार ४०९ परीक्षार्थी रहेका छन् ।

शिक्षा विकास निर्देशानालयका अनुसार सप्तरीमा ९ हजार ३२, सिरहामा १० हजार ६३४, धनुषामा १३ हजार ६२८, महोत्तरीमा ८ हजार ७५८, सर्लाहीमा १० हजार ४२१, रौतहटमा ९ हजार ५७, बारामा ८ हजार ८२४ र पर्सामा ९ हजार ५५ परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् ।

त्यसैगरी,  सप्तरीमा ३६, सिरहामा ४१, धनुषामा ४३, महोत्तरीमा ३०, सर्लाहीमा ३६, रौतहटमा ३१, बारामा ३२ र पर्सामा २५ वटा परीक्षा केन्द्र तोकिएको निर्देशनालयका निर्देशक चुडामणि फुयालले जानकारी दिए । परीक्षालाई मर्यादित  र व्यवस्थित बनाउन ७ हजार १६६ जना कर्मचारी खटाइएको उनले जानकारी दिए ।

परीक्षाको आवश्यक तयारी भइसकेको बताउँदै उनले भने, ‘सबै परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, उत्तर पुस्तिका, प्रश्नपत्र गइसकेको छ । परीक्षार्थी सिटको लेबल पनि सबै ठाउँमा लागिसकेको होला । अब शान्तिपूर्ण वातावरणमा परीक्षा हुन्छ ।’

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ११ : ३२ बजे

म्याग्दे गाउँपालिकाले विपन्नको घर निर्माण गरिदिने

दमौली– म्याग्दे गाउँपालिकाले विपन्न जनताको घर निर्माण गरिदिने भएको छ

एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर (तस्विरहरु)

बलेवा– बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक

विशेष अदालतका न्यायाधीशहरुद्वारा शपथ ग्रहण

काठमाडौँ– विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको

विराटनगरबाट देखिएको सिंहदरबारको हरिबिजोग

विराटनगर –सिंहदरबार र विराटनगर दुई फरक बिम्ब हुन् । ‘सिंहदरबार’