६८२ स्थानीय तहको परिणाम सार्वजनिक : ७१ पालिकाको नतिजा आउन बाँकी « Khabarhub

६८२ स्थानीय तहको परिणाम सार्वजनिक : ७१ पालिकाको नतिजा आउन बाँकी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार बिहान ५ बजेसम्ममा ६८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतपरिणाम आउनेक्रम जारी नै छ।

शनिबार बिहानसम्ममा एक महानगर, पाँच उपमहानगरसहित ६८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो। पाँच वटा महानगर र ६ वटा उपमहानगरसहित देशभरका ७१ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ।

अहिलेसम्म नेपाली कांग्रेसले प्रमुख पदमा ३०४ स्थानमा जित निकाल्दै पहिलो पार्टी बनेको छ। उसले उपप्रमुख पदमा २७९ स्थानमा विजयी हासिल गरेको छ। कांग्रेस अझै १९ स्थानीय तहको प्रमुखमा अगाडि छ भने उपप्रमुखमासमेत १९ नै स्थानमा अग्रता लिएको छ।

दोस्रो दल बनेको नेकपा (एमाले)ले १८६ स्थानीय तहको प्रमुखमा बाजी मारेको छ। उसले १७ तहको प्रमुखमा अग्रता लिएको छ। २१२ स्थानीय तहको उपप्रमुख जितेको एमाले २७ स्थानमा अगाडि छ।

तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र)ले ११६ स्थानीय तहको प्रमुख पद जितेको छ भने १२० स्थानमा उपप्रमुख जितेको छ। प्रमुखमा सात स्थानमा अगाडि रहेको माओवादी उपप्रमुखमा आठ तहमा अगाडि छ।

जनता समाजवादी पार्टीले २३ स्थानीय तहको प्रमुख जितेको छ भने ११ स्थानमा अगाडि छ। नेकपा (एकीकृत समाजवादीले १७ पालिकामा प्रमुख जितेको छ भने दुई स्थानमा अग्रता लिएको छ।

तराई केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टीले १० ठाउँमा प्रमुख पदमा जित्दा ६ ठाउँमा अग्रता कायमै राखेको छ। विभिन्न ठाउँमा स्वतन्त्र र अन्य दलले २६ स्थानीय तह जितेका छन्। यसरी कुल ७५३ स्थानीय तहमध्ये ६८२ पालिकाको मतपरिणाम सार्वजनिक हुँदा ७१ स्थानीय तहको नतिजा सार्वजनिक हुन बाँकी छ।

मधेस प्रदेशका धेरै पालिकाको मत परिणाम आउन बाँकी हुँदा कर्णाली प्रदेशका पालिकाको सबै परिणाम आइसकेको छ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : ५५ बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट