एभरेष्ट स्कुलका विद्यार्थीले गरे मुठीदान | Khabarhub Khabarhub

एभरेष्ट स्कुलका विद्यार्थीले गरे मुठीदान


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासी–२ भक्तपुरका विद्यार्थीले शुक्रबार मुठीदान गरेका छन् । विद्यार्थीमा दानको भावना जगाउन मुठी दान गरेको स्कुलले जनाएको छ । बुद्ध संवत २५६६ को बुद्ध जयन्तीको अवसरमा स्कुलमा प्लेग्रुपदेखि कक्षा १० सम्मका एक हजार दुई सयभन्दा बढी विद्यार्थीले दान गरेका हुन् ।

विद्यार्थीले आआफ्नो गच्छेअनुसार भेटी, बिस्कुट, चामल, फलफूललगायतका दान गरेका थिए । मुठीदान कार्यक्रमका लागि स्कुलले भक्तपुरको इनाचोस्थित मुनि विहारमा रहेका भिक्षु तथा श्रामनेरहरुलाई निमन्त्रणा गरिएको थियो । दान लिनका लागि त्यहाँका ३७ जना भिक्षु तथा श्रामनेरहरू स्कुल पुगेका थिए ।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीमा दानको भावना जागृत गराउने उद्देश्यले प्रत्येक वर्ष बुद्ध जयन्तीको अवसरमा विद्यार्थीलाई मुठीदान गराउँदै आएको जनाए । २०७१ सालदेखि प्रत्येक वर्ष विद्यार्थीले मुठी दान गर्दै आएको स्कुलले जनाएको छ । कोरानाको कारणले दुई वर्ष यो कार्यक्रम स्थगित भएको थियो ।

दान गर्नुअघि विद्यार्थीले प्रार्थना गरेका थिए । हिंसा नगर्नु, झुटो नबोल्नु, व्यभिचारी नबन्नु, चोरी नगर्नु, मादक पदार्थ नखानु जस्ता बुद्धको सन्देशसहित उनीहरुले प्रार्थना गरेका थिए । दानमा सहभागी कक्षा ३ का विमोचन वाग्लेले आफूले फलफूल अनि बिस्कुट दान गरेको बताए ।

कक्षा ७ की अर्की छात्रा सौम्यता अधिकारीले दान गर्न पाएकोमा भित्री मनदेखि खुसी लागेको बताइन । स्कुलकी परियति शिक्षा संयोजक सुदिपा शाक्यले २०७१ सालदेखि स्कुलमा परियति शिक्षा पनि अध्यापन गर्दै आएको जनाइन् । स्कुलमा कक्षा ५,६ र ७ का विद्यार्थीलाई परियति शिक्षा अध्यापन गराउँदै आएको उनले जनाइन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ८ : ४१ बजे

निर्मलाबारे विवादित अभिव्यक्ति दिने व्यक्ति समातिए, ऋषि धमलासँग पनि सोधपुछ

काठमाडौं- कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला

प्रधानमन्त्रीलाई कुलमानको जवाफ- बक्यौता उठाउँदैमा कुनै उद्योग डुब्दैनन्, अर्थतन्त्र बिग्रिँदैन

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशको औद्योगिक वातावरण

ज्वालामुखी विस्फोटपछि बालीतर्फ जाने उडान रद्द

एजेन्सी– एन्डोनेसियाको लेवोटोबी ज्वालामुखी विस्पोटपछि अस्ट्रेलिया, हङकङ, भारत, मलेसिया र

कुलमानमाथि काङ्ग्रेस–एमाले प्रतिशोधको अर्थ

काठमाडौं – सुशासन मामिलामा बेलाबखत एउटा तीतो यथार्थ उधृत गरिन्छ

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी बनाइनेछ’

जुम्ला– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप